आइजीपीको छोराले आफ्नै साथीको हत्या गरेको आरोप: प्रहरीले मुद्धा दर्ता गर्न मानेन
Advertisement

२५ असार, काठमाडौं ।  नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका छोरा डाक्टर आयुष अर्यालविरुद्ध आफ्नै साथीको हत्या गरेको आरोप लागेको छ ।

आजको आर्थिक राष्ट्रिय दैनिकमा खबर छ गत शनिबार साँझ साढे ९ बजे पोखरास्थित मणिपाल अस्पतालदेखि २ सय मिटरर नजिकैको एक घरको तेस्रो तल्लाबाट खसेर अस्पतालमा इन्ट  गरिरहेका डाक्टर अभिनेष ठाकुरको रहस्यमय मृत्यु भएपछि उक्त घटना बाहिर आएको हो ।
कास्की प्रहरीले सकेसम्म घटना बाहिर ल्याउन चाहेको छैन् ।
मृतकका पिता स्वास्थ्थ मन्त्रालयको अनुगमन महाशाखा प्रमुख सहसचिव डाक्टर गरिबदास ठाकुरले आफ्नो छोराको हत्या
अर्यालका छोरा र उनका साथी प्रतिशा प्रधानको मिलेमतोमा भएको भन्दै किटानी जाहेरी दिएपछि कास्की प्रहरी अप्ठ्यारोमा परेको छ ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...