टेलिभिजनमा विश्वकप प्रभाव, सोनीको बिक्री तीन गुनाले बढ्यो
Advertisement

काठमाडौं । हरेक चार/चार वर्षमा आयोजना हुने विश्वकप फुटवल प्रतियोगिता टेलिभिजन निर्माता कम्पनीहरुका लागि महान पर्व हुने गरेको छ । यस अवसरमा विश्वभर टेलिभिजनको खपत हृवात्तै बढ्ने गरेको पाइन्छ । फुटवलका पारखीहरुले विश्वकपको बेलामा महंगा/महंगा टेलिभिजन किन्ने गरेको व्यवसायीहरु बताउँछन् । यस पटक पनि ब्राजिलमा आयोजना हुन लागेको विश्वकप फुटवलले विश्वभरको टेलिभिजन बजार तताएको छ । नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन् । फुटवल पारखीको ठूलो जमात रहेको नेपालमा पनि टेलिभिजनको बिक्री हृवात्तै बढेको सोनीको कान्तीपथ शो-रुमका म्यानेजर रोमन अवालेले बताए ।

‘अन्य समयमा भन्दा अहिले सोनी टेलिभिजनको बिक्री तीन गुनाले बढेको छ’ अवालेले अनलाइनखबरसँग भने- ‘विश्वकप सुरु भएपछि यसमा थप ५० प्रतिशत बिक्री बढ्ने अनुमान गरेका छौं ।’ सामन्यतया दैनिक ३/४ वटा टेलिभिजन बिक्री हुने उक्त शो-रुमबाट अहिले दैनिक १२/१५ वटा टेलिभिजन बिक्री हुने गरेका छन् । दशैंमा नयाँ लुगा किनेर लगाएजस्तै वल्र्डकपको बेलामा नयाँ टिभी घरमा भित्राउने प्रचलन बढ्दै गएको अवालेले सुनाए । आफुलाई मन परेको टिभी किन्न वल्र्डकप बाहना बन्ने गरेको छ ।


वल्र्डकपको बेलामा कम्पनीहरुले पनि टेलिभिजनमा आकर्षक छुट तथा उपहारहरु प्रदान गर्ने गर्छन, त्यसैले पनि उपभोक्ताको आकर्षण बढेको हुन सक्छ । विश्कपको अफिसियल स्पोन्सर सोनीले पनि वल्र्डकपको अवसर पारेर २० देखि ३० प्रतिशतसम्म मूल्य घटाएको अवालले जानकारी दिए । यसको साथै सोनीले टेलिभिजन खरिदकर्तालाई विभिन्न आकर्षक उपहार समेत उपलब्ध गराएको छ ।

पुराना टेलिभिजनको तुलनामा नयाँ टेलिभिजनको पिक्चर क्वालिटी राम्रो हुनुका साथै विद्युत खपत समेत कम गर्ने हुँदा नयाँ टेलिभिजनमा उपभोक्ताको नजर जाने गरेको व्यवसायीहरु बताउँछन् । लोडसेडिङका बेलामा समेत नयाँ टेलिभिजन सानो ब्याटि्रबाट मज्जाले चल्ने हुँदा वल्र्डकप हेर्न पाइन्छ ।


यस्ता छन सोनी टेलिभिजन
सोनीले वल्र्डकपको लागि भनेर विभिन्न मोडलका टेलिभिजन बजारमा ल्याएको छ । अवालेका अनुसार अहिले नेपाली बजारमा सोनीको ३४ हजार २ सय पर्ने साधारण टेलिभिजनदेखि १० लाख २५ हजार रुपैयाँ पर्ने फोरके, थि्रडी स्मार्ट टेलिभिजन उपलब्ध रहेका छन् । पछिल्लो समय बजारमा भित्रिएको स्मार्ट टिभीमा ग्राहकहरुको आकर्षण बढ्दो छ । विभिन्न सुविधाहरु खोज्नेहरुले स्मार्ट टिभी रोज्ने गरेको अवाले बताउँछन् । स्मार्ट टिभीमा इन्टरनेट समेत चलाउन मिल्छ । अहिले बजारमा सोनीका ४ वटा बेसिक मोडल र ५ वटा स्मार्ट थ्रिडी मोडलका टेलिभिजन उपलब्ध रहेका छन् ।


Advertisement



प्रतिक्रिया दिनुहोस्...