सेप्टेम्बरबाट कमेडी नाइट विथ कपिल बन्द हुने
Advertisement

भारतीय टेलिजिभनमा सबैभन्दा लोकप्रिय कमेडी शो ‘कमेडी नाइट्स विद कपिल’का फ्यानका लागि दुःखको खबर बाहिर आएको छ । त्यो खबर यो हो कि यो चर्चित शो आगामी सेप्टेम्बरबाट बन्द हुँदैछ । यो कुराको पुष्टि शोका सञ्चालक कपिल शर्माले गरेका छन्। ‘कमेडी नाइट्स सेप्टेम्बरपछि बन्द हुँदैछ, हामी नयाँ कलाकार र नयाँ सेटका साथ पुनः फर्कनेछौं।’



 कपिलले ट्वीटरमा ट्वीट गरेका छन्,‘त्यो बेलासम्म सबै दर्शक मुस्कुराई रहनुहोला।’ यो शो कलर्स च्यानलमार्फत सन् २०१३ को जुन २२ बाट शुरु भएको थियो। निकै छोटो समयमा नै यो शो टेलिभिजनमा एक नम्बरमा परेको थियो। कपिल चाँडै नै यशराज फिल्मस्को ब्यानरमा बन्न लागेको फिल्म ‘बैंक चोर’मार्फत बलिउडमा डेब्यु गर्दैछन्। धेरैले कमेडी नाइट्स बन्द हुनुमा कपिलको फिल्म मोह नै रहेको अनुमान लगाएका छन्। स्रोत #  ग्ल्यामर नेपाल


Advertisement



प्रतिक्रिया दिनुहोस्...