जनकपुरमा अवैध घरटहरा भत्‍काइए
Advertisement

असार, ७ शनिबार जनकपुरधाम : जनकपुरको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवद्वारा अवैधानिक रु पमा धार्मिक पोखरीहरु को डिल पुरेर निर्माण गराईएको दर्जनौं पसल तथा घरहरु भत्काईएको छ।
एतिहासिक महत्वका पोखरीहरुको संरक्षण गर्नका लागि वृहत्तर जनकपुर क्षेत्र विकास परिषद, गुठि संस्थान शाखा कार्यालय जनकपुर तथा जनकपुर नगरपालिका कार्यालय र प्रशासनको सहयोगमा संचालित अभियानको क्रममा जानकी मन्दिरको अगाडी रहेको तेलहा मडहा पोखरी लोपनै हुने गरि डिलमा बनाईएको करिब दुई दर्जन पक्कि घरहरु डोजर लगाई भत्काईएको छ।

जानकी मन्दिरको अधिनमा रहेको उक्त पोखरी संगै अरगजा पोखरी, महाराज सागर सहितका पोखरीहरुमा समेत मन्दिरका महन्थ दासले अवैधानिक रुपमा सटरहरु बनाएर भाडा लगाई पसल सञ्चालन गराउने गरेका थिए। सो पसलहरुको भाडा ३५ सय देखि १० हजार सम्म रहेको र सबै रकम महन्थले निजी रुपमा उठाउने गरेका थिए। तर, संरक्षण अभियानको क्रममा ति सबै पसलहरु भत्काईएको हो ।

यता पोखरीको डिलका जग्गा समेत गैरकानुनी रुपमा बेचेका महन्थहरुलाई संरक्षण अभियान सुरु भएपछि घरबार विहिन भएका स्थानियवासीहरुले रकम फिर्ता गर्न भन्दै दबाव दिन सुरु गरेको स्रोतले जनाएको छ।

जनकपुरमा स्थानियहरुलेनै अतिक्रमण हटाउन खुलेर सहयोग गरेकोले महन्थहरुले चाहेर पनि कुनै प्रकारको दबाव सृजना गर्न नसकेको वृहत्तर जनकपुरका अध्यक्ष रामकुमार शर्माले बताए। जनकपुरको मुहार फेर्ने गरि विकासका लागि आएको करिब दुई अर्ब बराबरको एशियाली डेभलपमेन्ट बैंकको ऋण सहयोग परियोजनालाई सदुपयोग गर्न समेत अतिक्रमण खालि गराउनु आवश्यक रहेकोले पोखरी संरक्षण अभियान मार्फत अतिक्रमण खालि गराउने पहल सुरु गरिएको गुठि संस्थान जनकपुरका प्रमुख राजबाबु पाण्डेले बताएका छन्।

यता, पोखरी संरक्षण अभियान अन्तर्गत अवैधानिक घरटहराहरु धमाधम भत्काउने काम सुरु गरिएपछि नगरक्षेत्रका सडकहरुमा अतिक्रमण गरेर घर बनाएका हरुले आफैंले सडकमा पर्ने घरको भागहरु भत्काउन थालेका छन्।

अभियानमा संलग्न रहेका अधिकृतहरु तथा अभियन्ताहरुलाई अतिक्रमणकारी तथा भु माफियाहरुद्वारा सुरक्षा खतरा हुन सक्ने सम्भावनालाई देख्दै धनुषा प्रहरीले विशेष सुरक्षा व्यवस्था गरेको प्रहरी उपरिक्षक उत्तममराज सुवेदीले बताएका छन्। स्रोत #  अन्नपुर्ण पोस्ट



Advertisement



प्रतिक्रिया दिनुहोस्...