केटी जिस्काउने पक्षमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडप
Advertisement
आइतबार क्याम्पस प्रमुख नारायणप्रसाद गौतम सहितका कर्मचारीहरुलाई ७ घण्टा कार्यकक्षमै थुनेका उनीहरूले प्रशासनका ताला लगाएका छन् तर, एमाले, एमाओवादी, नेकपा-माओवादीसहितका दल समिर्थत विद्यार्थी सगठनहरूले भने छिटो समस्या समाधान गर्न माग गर्दै विरोधमा उत्रिएका छन् ।
बुधबार साँझ छात्रावासमा बसेकी युवतीलाई क्याम्पसकै छात्रहरुले जिस्क्याएको भन्दै क्याम्पस प्रशासनमा उजुरी परेपछि विवाद सुरू भएको थियो ।क्याम्पसले बनाएको छानबिन समितिले नेविसंघ ईन्जिनियरिङ क्याम्पस इकाई समितिका सभापति पवनबाबु बाँस्तोलासहित १६ जनालाई कारबाहीको सिफारिस गरेको थियो । तर अधिकांश निर्दोष रहेका नेविसंघको दावी छ । स्रोत # अनलाइन खबर

Advertisement