विश्वकपमा उरुग्वेद्धारा इङ्ल्याण्ड पराजित
Advertisement

उरुग्वेका लुईस सुआरेज चम्केपछि अत्यान्तै प्रतिस्पर्धात्मक खेलमा बलियो प्रतिद्वन्दी इङल्याण्डलाई हराउँदै दोस्रो चरणको सम्भावना बलियो बनाएको छ। शुक्रबार बिहान सम्पन्न खेलमा चोट मुक्त भएर फर्केका लुईस सुआरेजले दुई गोल गरेपछि उरुग्वेले इंल्याण्डलाई २ १ ले हराएको हो। खेलमा ३९ औं मिनेटमा एडिन्सन काभानीले उपलब्ध गराएको बललाई हेडमार्फत गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए।


 वायन रोनीले ७५ औं मिनेटमा ग्लेन जोनसोनको क्रसमा वान टच गोल गर्दै इंल्याण्डलाई बराबरी स्थितिमा फर्काए। त्यसको १० मिनेट पछि नै स्वारेजले उरुग्वेका निर्णायक गोल गरेर उरुग्वेलाई महत्वपूर्ण तीन खंक दिलाए। समूह डी मा उरुग्वेले समूह चरणको अन्तिम खेल अब इटालीविरुद्ध खेल्नेछ । इटालीसंग पराजित इंल्याण्डले अर्को खेल कोष्टारिकासँग खेल्नेछ । समूह डि को खेलमा भोलि इटाली र कोष्टारिका भिड्दैछन् । त्यसमा जित पाए इटाली एक खेल अगावै अन्तिम चरणमा पुग्नेछ । यस्तोमा अर्को टिमको छिनोफानो समूहको अन्तिम खेलबाट हुनेछ । स्रोत # सेतो पाटी


Advertisement



प्रतिक्रिया दिनुहोस्...