हावाहुरीका कारण विद्युत् सेवामा अबरोध !!!
Advertisement

पर्सा ,४ असार - सोमबार राति र मङ्गलबार बिहान वर्षासँगै आएको हुरीबतासका कारण पर्साको ग्रामीण क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ । पर्साको सेढवा, सुवर्णपुर, जानकटोल, भिखमपुर जितपुर, लङ्गडीलगायत दुई दर्जनभन्दा बढी गाविसमा विद्युत् सेवा अवरुद्ध भएको हो । बिजुली नभएका कारण मोबाइलको टावरमा समस्या आउनुका साथै मोबाइल चार्ज गर्न नभएको स्थानीय बासिन्दाले बताएका छन् । गर्मीको मौसममा विद्युत् सेवा अवरुद्ध हुँदा धेरै गाह्रो भएको उनीहरूको गुनासो छ ।

 हावाहुरीका कारण विद्युत् सेवा ठप्प भएपछि स्थानीय मारमा समेत परेको सेढवाका स्थानीयवासी कृष्णमोहन साहले बताउनुभयो । विद्युत् सेवा अवरुद्ध भएपछि ग्रामीण क्षेत्रका कुटानी–पिसानी मिलहरू बन्द भएको छ । समस्या बारेमा पोखरिया उपशाखामा पटकपटक जानकारी गराएको स्थानीयले बताएका छन् र पोखरीया उपशाखाका प्राविधिकहरूले विभिन्न ठाउँमा हुरीले पोल ढालेका कारण विद्युत आपूर्ति सञ्चालन गर्न नसकिएको बताएका छन् । 



Advertisement



प्रतिक्रिया दिनुहोस्...