विवाह उत्सव मनाएनन् राजेश हमालले
Advertisement
काठमाडौं : दिउँसोको चर्को घाम बेलुकीपख शीतलतामा बदलिँदै थियो। आइतबार ४ बजे महानायक राजेश हमाल लैनचौरस्थित आफ्नै निवासमा टहलिरहेका थिए।
विनाशकारी भूकम्प गएका बेला विदेशमा रहेका हमाल नेपाल फर्कनासाथ राहतमा सक्रियताका साथ जुटे। विवाहको पहिलो वर्षगाँठ धुमधामका साथ मनाउने उनको योजना पनि भूकम्पकै कारण भताभुंग भएको हो।
आजभन्दा ठीक एक वर्षअगाडि महानायक हमाल हनिमुन मनाउन काभ्रेको धुलिखेल रिसोर्ट पुगेका थिए।
२०७१ जेठ १० गते दरबारमार्गस्थित होटेल अन्नपूर्णमा आयोजित विशेष समारोहबाट वैवाहिक सम्बन्धमा बाँधिएका हमाल भोलिपल्टै पत्नी मधु भट्टराईले लिएर रिसोर्ट गएका थिए।
नेपालका विभिन्न स्थान हुँदै हनिमुन मनाउने क्रममा गत फेब्रुअरीमा अमेरिका पुगेका उनले विवाह उत्सव मनाउनकै लागि त्यहीँबाट स्यामपेनसमेत ल्याएका थिए। 'अमेरिकाबाट फर्कानासाथ मैले नजिकका केही साथीहरूलाई खबर पनि गरेको थिएँ।
तर भूकम्पले निम्त्याएको महाविपत्तिका कारण विवाह उत्सव मनाउने योजना स्थगित गरेँ', हमालले अन्नपूर्णसँग भने। Source: Annapurna Post

Advertisement





