ऐश्वर्या रायका कारण सलमानको दुर्घटना भएको सनसनीपूर्ण खुलासा !
Advertisement
मुम्बई । शुक्रबारको दिन सलमानका लागि ठूलो राहत मिलेको दिन हो । सन् २००२ को हिट एण्ड रनको मुद्दामा उनलाई बाम्बे उच्च अदालतले जमानत दिएको छ ।
उक्त घटना कसरी भएको थियो भन्नेबारेमा भने अर्को खुलासा भएको छ । २८ सेप्टेम्बरको ठिक एक दिन पहिले सलमानले अत्याधिक मादक पदार्थ सेवन गरेर तिव्र गतिमा कार कुदाएका थिए ।
एक अंग्रेजी पत्रिकामा दिएको अन्तरवार्तामा अभिनेत्री ऐश्वर्या रायले आफूहरुबीच प्रेम टुटेको र सम्बन्ध सकिएको बताएकी थिइन् । ऐश्वर्यासँगको सम्बन्ध अन्त्य भएको सलमानले पचाउँन सकिरहेका थिएनन् ।
ऐश्वर्यालाई सलमानले एकोहोरो फोन गरिरहेका थिए । फोन नउठेपछि उनी ऐश्वर्याको सुटिङ स्पटमा नै पुगे । मार्चमा सुरु भएको यो सिलसिला लामो समयसम्म नै चल्यो ।
सलमानको फोन ऐश्वर्या नउठाएपछि उनले फिल्मकै सहकलाकारसँग अफेयर चलिरहेको भन्दै सन्देश पठाएका थिए । उक्त विषय २७ सेम्टेम्बरमा बाहिरिएको थियो ।
सोही तनाबमा उनले अत्याधिक मादक पदार्थ सेवन गरेर कार चलाउँदा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
ऐश्वर्यासँगको ब्रेकअपको पीढाका कारण नै उक्त दुर्घटना भएको उल्लेख गरिएको छ । केही समयअघि ऐश्वर्या सलमानसँगको प्रसंगमा निकै कडा रुपमा प्रस्तुत भएकी थिइन्
Advertisement