चामलको बोरा भित्र बाईबल राखेर बाड्नेहरुको शरिरमा किरा परोस् : प्रकाश दाहाल
Advertisement

मेरो पुर्खा हिन्दु हो । तर म सबै धर्मको उत्तिनै सम्मान गर्छु । म व्यक्तिगतरुपमा कुनै धर्मप्रति खासै अभिरुची राख्दिन र मान्दिन(मलाई बिश्वास लाग्दैन)। म सबै धर्मको कार्यक्रममा उपस्थित हुन्छ त्यहिको कल्चर अपनाउछु ।


तर कुनै धर्मको अपमान गर्न सक्दिन । तर यो भुकम्पपछि जुन अहिले प्रचारमा आईरहेको छ राहतको पोकामा बाईबल दिने ! बाईबल लिन नमान्नेलाई राहत नदिने ? बाईबल पढ्नेलाई बढी राहत दिने ! पैसामा किन्ने ।।।।

म क्रिश्चियन साथीहरुलाई बिनम्र सोध्न चाहन्छु ! के तपाईले पुजा गर्ने प्रभुले यहि सिकाएका हुन् ? के धर्म खरिदबिक्री हुने चिज हो ? के धर्मकै आधारमा पक्षपात गर्नेलाईनै क्रिश्चियन भनिन्छ ??

हो धर्म मनको कुरा हो मलाई हिन्दु धर्म मन नपर्न सक्छ र म मेरो खुशीले मुस्लिम वा क्रिश्चियन हुन सकुला तर पैसा वा एक बोरा चामलले धर्म किन्न कोशिस नगरौं । यो धर्म हैन यो महापाप हो ।

पैसा र चामलको बलमा धर्म परिवर्तन हुन्छ भनेर तपाईहरुको प्रभुले कहिले भनेका छैनन् । यस्तो पाप नगर्नुस् । चामलको बोरा भित्र बाईबल राखेर बाड्नेहरुको शरिरमा किरा परोस् ।।

धर्म मान्छेको ईच्छा हो कुन धर्म मान्ने उसको मनले निर्धारण गर्छ तिम्रो चामलको बोरा भित्रको बाईबलले होईन । अहिले मानवताको धर्म निभाउ ।।। जय नेपाली एकता ।।।

प्रकाश दाहालको फेसबुकबाट साभार

Advertisement



प्रतिक्रिया दिनुहोस्...