..अर्को वर्ष विहे गर्दै रणवीर-क्याटरिना
Advertisement
बलिउड अभिनेता रणवीर कपुरले अभिनेत्री क्याटरिना कैफसँगको प्रेमसम्बन्धलाई स्वीकार गर्दै अर्को वर्षको अन्तय सम्म विवाह वन्धनमा बाँधिने बताएका छन्।
समाचारमा यस वर्ष दुबैजना अत्यन्तै व्यस्त रहेका कारण विवाहको लागि समय नभएको र दुबै अर्को वर्षको अन्त्यसम्म विवाह गर्ने योजनामा सहमत भएको रणवीरले जनाएको लेखेको छ।
समाचारमा दुबै जनाको सम्बन्धमा थप बोल्दै रणविरले भनेका छन्, 'हामी हाम्रो सम्बन्धका बारेमा स्पष्ट छौं। अब पनि हाम्रो सम्वन्धका बारेमा नबोल्नु हाम्रो सम्वन्धका लागि अपमान हुन्छ। म अहिले ३३ वर्षको भएँ र यो परिवार बनाउने सही समय पनि हो। क्याटरिना पनि यही चाहन्छिन्।'
दुबैजना प्रेममा पर्नु अघि रणवीर दिपिका पादुकोणसँग सम्वन्धमा थिए भने क्याटरिना सलमान खानकी प्रेमिका थिइन्।
Advertisement