सुनखानीबाट विष निस्किदा अट्ठाइसको मृत्यु, दर्जनौं घाइते
Advertisement
स्वास्थ्य खबरपत्रिका
नाइजेरिया– नाइजेरियाको दुर्गम मध्यपश्चमी गाउँमा गैरकानुनी सुन खानीमा विषाक्त सिसाका कारण २८ व्यक्तिको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । यस दुर्घटनामा दर्जनौँ व्यक्ति बिरामी परेको बताइएको छ ।
डक्टर्स विथआउट बोर्डर्सले शुक्रबार यस विषबाट प्रभावित पाँच हजार ५०० बालबालिकामध्ये आधालाई उपचार गरिएको जानकारी दिएको छ ।
स्वास्थ्य सहायक मन्त्री फिदेलिस न्वानक्वाले विषले प्रभावित पीडित ५ वर्ष मुनिका बालबालिका भएको र उनीहरुको मृत्यु दर ४३ प्रतिशत देखिएको बताए ।
रासस र एपी

Advertisement



