-आफ्नै आमाले छोराको हत्या.. गरिन्...
Advertisement

उदयपुर, जेष्ठ १७ - उदयपुरको मैनामैनी–७ मा की एक महिलालाई छोरा हत्या आरोपमा पक्राउ गरिएको छ ।


६ महिनाको छोरा हत्या गरेको आरोपमा बिनु बस्नेत पक्राउ परेकी हुन् ।

चार दिनअघि छोरो अपहरण भयो भन्दै प्रहरीलाई खबर गरेकी बस्नेतले अन्य पुरुषसँग विवाह गर्ने योजना बनाएर छोराको हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरी उपरीक्षक टेकबहादुर गुरुङले बताए ।

आफूसँगै सुतेको छोरो अपहरण भयो भन्दै प्रहरीलाई खबर गरेकी बस्नेतले पति भूपाल बस्नेतलाई छाडेर अर्को विवाह गर्नको लागि छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उपरीक्षक गुरुङले बताए ।

स्थानीयले बालकको शव घर नजिकै बाँसघारीमा भेटेका थिए । Source; Ekantipur..

Advertisement



प्रतिक्रिया दिनुहोस्...