-काठमाडौंमा दिउसै अन्धकार , ठुलो हावाहुरी सँगै वर्षा..(भिडियो सहित)..
Advertisement
काठमाडौ, जेष्ठ ९ - काठमाडौंमा साँझ ५ बजेदेखि ठूलो हावाहुरीसँगै पानी परेको छ । हावाहुरीले यहाँको जनजीवन प्रभावित बनाएको छ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौं आसपासमा हावाहुरीसँगै वर्षा भएको जनाएको छ । महाशाखाका अनुुसार मौसममा भएको क्षणिक बद्ली केही घण्टामा सामान्य अवस्थामा फर्किने छ ।
मौसमविद् शान्ति कँडेलले केही घण्टा अगाडि धादिङको आकाशमा बनेको बादल हावाहुरीसँगै उपत्यका छिरेको बताइन् । ‘मौसममा आएको सामान्य बद्ली हो,’ उनले भनिन्–‘स्थानीय वायुको प्रभावले आएको बद्ली २/३ घण्टामा हट्ने छ । उनले पूर्वदेखि पश्चिम पहाडी क्षेत्रमा मौसममा आशिंक बदली देखिएको बताइन् ।
ठूलो हावाहुरीले भूकम्पपीडितलाई बढी प्रभावित बनाएको छ । उनीहरुले आश्रय लिएर बसेको टुँडिखेल लगायत क्षेत्रको पाल र टेन्ट उडाएको छ ।
Source: ekantipur

Advertisement



