नेपाली अब सजिलै क्यानडा जान सक्ने !
Advertisement

काठमाडौं । क्यानडाले भूकम्पप्रभावित नेपाली युवालाई रोजगारी दिने इच्छा देखाएको छ । नेपाल भ्रमणमा रहेका क्यानडाका उच्च अधिकारीले भूकम्पप्रभावित युवालाई कृषि क्षेत्रमा रोजगारी दिन सक्ने बताएका हुन् ।
भूकम्पपछि राहत र उद्दारमा नेपाल आएकी क्यानडाका श्रम तथा महिला मन्त्री केल्ली लेइचले आइतबार श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङसँगको कुराकानीमा भूकम्प प्रभावित युवालाई क्यानडामा कृषि क्षेत्रमा रोजगार दिन सक्ने बताइन् ।

नेपालसमेत हेर्ने भारतका लागि क्यानडाका राजदूतसँगै नेपाल आएकी लेइचसँगको भेटमा राज्यमन्त्री गुरुङले नेपालीलाई रोजगारी दिन आग्रह गरेका थिए । रोजगारीका हिसाबले आकर्षक क्यानडामा कृषि क्षेत्रमा कामदारको माग पहिलेदेखि नै छ ।
राज्यमन्त्री गुरुङले क्यानडासँग नेपालको विगतदेखि नै राम्रो सम्बन्ध गरेकाले यो विपतमा नेपालीलाई रोजगारीको अवसर दिँदा राम्रो सन्देश जाने भन्दै त्यसका लागि आग्रह गरेको बताए ।
लेइचले यस्तो प्रस्तावपछि क्यानडामा कृषि क्षेत्रमा मौसमी काम हुने भएकाले तत्काल ६ महिनादेखि १ वर्षसम्म काम गर्ने र त्यसपछि स्वदेश फर्कने अवधारणाअनुसार कामदार लिने लेइचले बताएको थिइन् ।
भेटमा लेइचले नेपाली कामदार लिने विषयमा क्यानडामा रहेका नेपाली राजदुतसँग पनि कुराकानी भइरहेको गुरुङलाई जानकारी गराएकी थिइन् । आजको नागरिक दैनिकमा समाचार छ ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...