जेल जान नपरेपछि सलमानले यी सुन्दरीसँग विहे गर्दै
Advertisement

२०७२ जेठ ५ गते
मुम्बई । भारतमै चर्चित ‘हिट एन्ड रन केस’मा मुम्बइको उच्च न्यायलयबाट जमानत पाएपछि बलिउडका स्टार सलमान खानले विवाह गर्ने चर्चा सुरु भएको छ ।

फिल्मी बजारमा यस्तो चर्चा सुरु भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार अहिले चलचित्र ‘बजरंगी भाइजान’को छायांकनमा काश्मिरमा रहेका सलमानले यही वर्षभित्र विवाह गर्ने मनस्थिति बनाएका छन् ।
यो बर्ष सबै कुरा राम्रै भएमा सलमान खानले बिहे गर्ने लगभग पक्का छ । ‘हिट एन्ड रन केस’बाट उनले सफाही पाए या केश धेरै समय लम्बियो भने सलमानको २०१५को अन्तिम सम्म बिहे हुने सम्भावना बढेको हो ।
तर सलमानले को सँग विहे गर्छन् भन्ने चर्चा पनि चलिरहेको छ । अहिले सलमान लूलिया वांतुर नाम कि रोमानियाको टेलिभिजन पत्रकार तथा कलाकारको प्रेममा रहेको बताइएको छ । चलचित्र ‘बडीगार्ड’ को सुटिंगको बेला चिनजान भएको सलमान र लूलिया वांतुर बिस्तारै माया प्रेम बसेको थियो ।
सलमानसँगको पहिलो भेटमै लूलिया प्रेममा परेकी हुन् । करिब २ बर्ष अघि देखि यी जोडी निरन्तर सम्पर्कमा रहेका छन् । केहि समय अघि भारत आएको लूलिया वांतुर डेढ़ महिना सम्म सलमान र सलमानको परिवार सग बसेकी थिन ।
भारतीय सञ्चारमाध्यमका अनुसार सलमानको विवाह लुलियासँगै हुने बताइएको छ । त्यसका लागि परिवारका सदस्हरुले अहिले देखि तयारी थालेका छन् । यसबारेमा सलमानले कुनै प्रतिक्रिया दिएका छैनन् । एजेन्सी

Advertisement



प्रतिक्रिया दिनुहोस्...