--मैदानमा ढलेर फुटबल खेलाडी गोमेजको मृत्यु..
Advertisement
ब्युनस आयर्स : बेलाबेलामा खेलका क्रममा मैदानमै ढलेर खेलाडीको मृत्यु हुनु, अब नौलो रहेन। यस्तै मैदानमै ढलेर खेलाडीको मृत्यु भएको अर्को घटना अर्जेन्टिनामा सार्वजनिक भएको छ। अर्जेन्टिनाको क्लब फुटबलका क्रममा मैदानमा ढलेका खेलाडी क्रिस्टियन गोमेजको मृत्यु भएको छ।
गोमेज एक्कासि मैदानमा लडेपछि टिमका साथीले उनको जर्सी खोलेर चिकित्सकलाई बोलाएका थिए। खेलका सुपरभाइजर रामोन गोमेजले खेलाडीको अप्रत्याशित निधन अविश्वसनीय र दु:खदायी भएको बताए। एक साताअघि मात्र अर्जेन्टिनाको लिग सुरु भएको हो।
गत मे १४ मा २१ वर्षीय इमानुएल ओर्टेगाको पनि मैदानमा लडेर मृत्यु भएपछि एक साताका लागि लिग रोकिएको थियो। एक साता रोकिएर सुरु भएको लिगमा फेरि अर्का खेलाडीको निधन भएपछि पुन: रोकावट आउने भएको छ। स्रोत : अन्नपुर्णपोस्ट

Advertisement




