ठुलो भूकम्प जान्छ भनी भविष्यवाणी गर्ने ज्योतिष लोहनी फेल खायो : उनि पक्राउपछि धरौटीमा रिहा
Advertisement

पण्डित ओजराज लोहनी एउटा अन्तर्वार्ता दिएर २ गते र ५ गते देशमा ठूलो भूकम्प जाने हल्ला गर्दैथिए । उनले यस्तो मात्र भनेनन् मैले यो वर्षको सुरुमै भूकम्प आउँछ भनेको कसैले पत्याएन भन्दै आफ्नो प्रभाव पनि जमाउन खोजे । तर, न त उनले भनेको समयमा भूकम्प आयो न त त्यसलाई सर्वसाधारणले पत्याए । तर, केही मानिस भने यसबाट आतंकीत भएको थाहा पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

तर, पछि दैनिक हाजिरी जमानीमा रिहा गरिएको छ । दिनदिनै पुगेर उनले हाजिर जनाउनु पर्नेछ । ज्योतिष शास्त्रले धेरै कुराको विषयमा बताउन सक्छ । तर, भूकम्पको बारेमा बताउनसक्ने विज्ञान अहिलेसम्म विकास भएको छैन । ज्योतिषले त खगोलीय अध्ययन गर्ने भएकोले यसको पृथ्वीको भित्री जमिनसँग कुनै साइनो सम्बन्ध नभएको स्वयं ज्यातिषहरुले बताउन थालेका छन् । पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले ज्योतिषशास्त्रले भूकम्पको भविष्यवाणी नगर्ने बताउदै ज्योतिषीहरूको हवाला दिदै भूकम्प सम्बन्धमा फैलाइएका भ्रमको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । भूकम्पबाट मुलुकको जनजीवन भयभीत भएको बेला सत्यतथ्ययुक्त समाचारसामग्री सम्प्रेष्ण गरेर त्यसलाई सामान्य बनाउने प्रयासमा उहाँले ज्यातिषशास्त्रले केवल आकाशीय ग्रह र तिनले पार्ने असरका सम्बन्धमा मात्र व्याख्या गर्ने बताउनुभयो । “ज्योतिषशास्त्रले आकाशीय ग्रह गति तथा तिनले पार्ने असर सम्बन्धमा मात्रै अध्ययन गर्छ । भूकम्प सम्बन्धमा व्याख्या गर्ने भूगर्भविद्हरूले हो । ज्योतिषशास्त्रलाई जोडेर भूकम्पको भविष्यवाणी गर्न मिल्दैन ,” आकाशीय ग्रह गति अनुसार यो वर्ष शनि ग्रह राजाको स्थानमा र मङ्गल ग्रह मन्त्रीको स्थानमा रहेको उहाँले जानकारी दिँदै उहाँले भन्नुभयो । शनि ग्रहको शत्रु मङ्गल ग्रह भएकाले यो वर्ष यी दुई ग्रह एउटा राजा र अर्को मन्त्रीको स्थानमा रहेकाले राज्यको अपेक्षित सुख शान्तिमा भने नकारात्मक प्रभाव पार्ने दृष्टिगोचर भएको उहाँले बताउनुभयो ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...