ज्ञानेन्द्र निवास अस्वीकार गरी पूर्वमुमा बडामहारानी रत्नको टहरामा बास
Advertisement

काठमाडौं ।
विनाशकारी भूकम्पले नारायणहिटी दरवार चिराचिरा परेपनि त्यहाँ बस्दै आएकी पूर्वमुमा बडामहारानी रत्न शाह निर्मल निवास सर्न अस्वीकार गरेकी छिन् । उनी बस्दै आएको नारायणहिटीको महेन्द्र सदन पूर्णरुपमा चर्केको छ । बस्न जोखिमयुक्त भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले मुमालाई निर्मल निवास लिन नारायणहिटी पुगेका थिए । तर रत्नले निर्मल निवास जान अस्वीकार गरेकी छिन् । ‘भूकम्पपछि ज्ञानेन्द्र मुमालाई निर्मल निवास लिन तीन पटक जानुभयो तर मुमाले नमानेपछि फर्किनु भयो,’ स्रोतले भन्यो, अटेर गर्दै उहाँ नारायणहिटीकै टहरामा बस्न थाल्नु भएको छ ।’

रत्न महेन्द्र मञ्जिल नजिकैको टहरामा सरेकी छिन् । जुन टहरा राजा महेन्द्रले भजन कृतनकारुपमा प्रयोग गर्थे । त्यहाँ राखिएका वाध्यबाधकका सामानहरु सारेर रत्नको अस्थायी आवास बनाइएको छ । मुमाको टहरामा बास भएपछि ज्ञानेन्द्र तीन पटक रत्नलाई लिन महेन्द्र मञ्जिल पुगेका थिए । तर उनले श्रीमानको थाकथलो नछोड्ने भन्दै छोरा ज्ञानेन्द्रसँग जान अस्वीकार गरेकी हुन् । ‘मरे यही मर्छु तर मेरो श्रीमानको घर छोड्दिन, यस्तो जवाफ दिएर छोरा ज्ञानेन्द्रलाई फर्काइन ।’
भूकम्पले नारायणहिटी दरवार, राजा विरेन्द्रको निजी निवास श्रीसदन, पूजाघर ग्यारेज लगाएत स्थानमा कुनै क्षति नभएपनि नारायणहिटीको अन्य भाग भने पूर्णरुपमा चर्केको छ । २०२६ सालमा निर्माण नारायणहिटी दरवार निर्माण गरिएको थियो ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...