भूकम्पको १ महिना पछी पनि अन्तराष्ट्रिय सञ्चार माध्यमले यसरी बनाए हेडलाइन (फोटो र भिडियो सहित)
Advertisement
काठमाडौं ।
नेपालमा विनाशकारी भुकम्प गएको १ महिना भएको छ । बैशाख १२ गते शनिबार गएको विनाशकारी भूकम्पपछि पराकम्पन आउने क्रम जारी रहेपनि अव विस्तारै जनजीवन सामान्य बन्ने र बनाउने कोशिस हुँदैछ ।
विगत एक महिनामा विश्वभरीका सञ्चार माध्यमले नेपाललाई नियाली रहेका छन् ।
नेपालमा भूकम्प भएको १ महिनामा के हुँदैछ भनेर विश्वभरीका चर्चित सञ्चार माध्यममा फिचर बनेका छन् कतिपय माध्यमले नेपालको विषयमा समीक्षा नै गरेका छन् ।
अधिकाँशले नेपालमा उद्दार र राहतको काम जति छिटो हुनु पर्थ्यो त्यति हुन नसकेको र नेपाली भूकम्प पीडितको भविष्य झनै खराव देखिएको टिप्पणी समेत गरेका छन् ।
अमेरिकी चर्चित अखबार दि न्यूयोर्क टाइम्सले नेपालको विषयमा ‘अनिश्चिता र असाहाय नेपाली जीवन बन्दै’ शीर्षकमा फिचर लेखेको छ ।
यो अखबारमा नेपाली जीवन विस्तारै सामान्यीकरण हुँदै गरेको तर सबै कुरा अनिश्चतता तर्फ धकेलिँदा नेपाली भूकम्प पीडित असाहाय बनिरहेको उल्लेख छ । न्यूयोर्क टाइम्सले काली गण्डकी थुनिएर ताल बनेपछि त्रसित नेपाली मानसिकताको पनि चित्रण गरेको देखिन्छ ।
चर्चित अरवी टेलिभिजन अलजजिराले नेपालको बारेमा भिडियो फिचर बनाएको छ ।
Int media coverage after math eq 2 नेपालमा भुकम्पपछि जीवन अस्तब्यस्त भएको र मनसुनसँगै बाढी पहिरोको खतरा Int media coverage after math eq 1उत्तिकै रहेको यो भिचरमा उल्लेख छ ।
नेपालमा जताततै भूकम्पको अवशेष देखिएको भन्दै अलजजिराले प्रसारण गरेको भिडियो हेर्नुस्
बिबिसीको अनलाइन संस्करणले नेपालमा भूकम्पछि देखिएका असरबारे लेखेको छ । नेपालमा भुकम्पछि पहिरो जाने क्रम शुरु भएको भन्दै विविसीले काली गण्डकी पहिरोलाई हेडलाइन बनाएको छ ।
बेलायतको चर्चित अखबार दि गार्डियनले नेपालमा भूकम्प भएको एक महिना पछि त्यसको भावनात्मक असर निक्कै दर्दनाक रहेको शीर्षक बनाएर फिचर प्रकाशित गरेको छ ।
नेपाललाई भूकम्पले कुन स्तरमा क्षति पुर्यायो र जनजीवन कसरी परिवर्तन भयो भन्ने विषयमा यो फिचरले समीक्षा गरेको छ । स्रोत : नेपालीहेडलाइन्स

Advertisement








