-शिक्षकद्धारा ११ वर्षीय बालिकाको बलात्कार..
Advertisement
शिक्षकद्धारा ११ वर्षीय बालिकाको बलात्कार
२०७२ जेठ ५ गते
बागलुङ, ५ जेठ । बागलुङमा एक शिक्षकले आफ्नै विद्यार्थीमाथि बलात्कार गरेका छन् ।
पछिल्लो समयमा बलात्कारका घटनाहरु बढिरहेको अवस्थामा पैयुथन्थाप गाविस स्थित एक विद्यालयका शिक्षकले आफ्नै विद्यार्थीमाथि बलात्कार गरेका छन् ।
२६ बर्षीय शिक्षकले ११ बर्षीय बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । विद्यालय गएर फर्कने समयमा २६ बर्षीय शिक्षकले पटक पटक जबरजस्ती गर्न खोज्दा परिवारले थाहा पाए पछि जिल्ला प्रहरी कार्यालय बागलुङमा निवेदन दिएका थिए ।
२०७१ साल मंसिरबाट नै बालिकाको योन शोषण गर्दै आएका शिक्षकलाई अहिले जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा शिक्षकले विद्यालय सम्बन्ध राख्न प्रयास गर्दा सफल नभएपछि बाँटोमा रोकेर जबरजस्ती बलात्कार गरेको बताएका छन् ।
बागलुङ जिल्ला स्थित विभिन्न महिला अधिकारकर्मीहरुले मंगलबार एक कार्यक्रमको आयोजना गरि पीडितलाई न्यायको माग गरेका थिए । कार्यक्रममा बोल्ने सहभागिहरुले पीडितलाई न्याय र पीडकलाई कडा कारबाहीको माग गरेका छन् ।
बलात्कार गर्ने व्यक्तिलाई धरौटीमा राखेर निकाल्न नहुने भन्दै अझ बढी कारवाही हुनुपर्ने बताएका थिए । बलात्कार जस्ता जघन्य अपराधलाई न्युनिकरण गर्नका लागी कानुनी कारबाही बलियो हुनुपर्ने भन्दै उनीहरुले नेपालको कानुन फितलो भएको बताएका थिए ।
स्रोत - दैनिक नेपाल
Advertisement