.सरकारी रिपोर्ट: दुइटा अपार्टमेन्टमा बस्नै नमिल्ने, १९ मर्मतपछि मात्रै
Advertisement

२९ बैशाख, काठमाडौं ।
विनाशकारी भूकम्पपछि सरकारले काठमाडौं उपत्यकामा रहेका आवासीय अपार्टमेन्टमा गरेको निरीक्षणबाट दुइटामा ‘बस्नै नमिल्ने’ गरी क्षति पुगेको तथा १९ वटालाई मर्मत नगरी बस्न नमिल्ने निर्क्याेल गरेको छ।
सहरी विकास तथा भवन निर्माण विभागको टोलीले राजधानीको धापासी–८ स्थित ‘पार्क भ्यु होराइजन अपार्टमेन्ट’ र कुलेश्वरस्थित ‘कुलेश्वर अपार्टमेन्ट फेज टु’ मा बस्नै नमिल्ने प्रारम्भिक प्रतिवेदन तयार गरेको हो। यी अपार्टमेन्टमा विभागले खतराको सूचक ‘रातो स्टिकर’ टाँसेको छ। यी अपार्टमेन्टभित्र पस्नसमेत अनुपयुक्त रहेको टोलीले औंल्याएको छ।
Apartment after earthquake
प्रतिवेदनअनुसार यी दुई अपार्टमेन्टका पिलर र बिम ‘क्र्याक’ छन्। अधिकांश भित्ता चर्किएका छन्। त्यस्ता भित्ता कुनै पनि बेला भत्कन सक्ने र भवनको समग्र ‘स्ट्रक्चर’ मा क्षति पुर्या उन सक्ने टोलीले जनाएको छ।
त्यस्तै, लाजिम्पाटको लाजिम्पाट अपार्टमेन्ट, कुलेश्वरको कुलेश्वर अपार्टमेन्ट फेज वान, सनराइज अपार्टमेन्ट, कुलेश्वरकै मेट्रो अपार्टमेन्ट, ताहाचलको कलश अपार्टमेन्ट, धोबीघाटका मर्करी स्टर्लिङ र सनराइज टावर, सानेपाको इम्पेरियल कोर्ट, सुन्धाराको सिटिसी मल र बखुन्डोलको सिटी भ्यु अपार्टमेन्टले पहेँलो स्टिकर पाएका छन्।
पहेँलो स्टिकर पाउनेमा सानो गौचरणको केएल अपार्टमेन्ट, धुम्बाराहीको ग्रान्डी, चन्डोलको प्रस्टिज अपार्टमेन्ट, टोखाको ग्रान्डी टावर, बालुवाटारको विनायक अपार्टमेन्ट, हात्तीवनका सिटी स्केप ए र सिटी स्केप बी तथा विशालनगरको सेन्ट्रल पार्क पनि छन्। आजको नागरिकमा खबर छ ।


Advertisement



प्रतिक्रिया दिनुहोस्...