'कामदारका क्षति भएका घर बनाइदिन्छौं'..
Advertisement

नेपाली युवा धेरै काम गर्न जाने प्रमुख रोजगार गन्तव्य मध्येको एक संयुक्त अरब इमिरेट्सको (युएई) आबुधाबिस्थित नेसनल क्याटरिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत तारेक एल गुयनी नेपालमा गएको महाभूकम्पपछि आफ्नो कम्पनीमा कार्यरत कारमदारका परिवार भेट्न नेपाल आए। विशेषत: खाद्य वस्तुसँग सम्बन्धित भएता पनि सूचना प्रविधि, इन्जिनियरिङ, मानव संशाधन तथा परामर्शसेवासँग सम्बन्धित कम्पनीको समूह नेसनल क्याटरिङ कम्पनीमा (एनसीसी) भारतीय पछि सबैभन्दा धेरै संख्यामा नेपाली काम गर्छन्।

गुयनीसँग उनको नेपाल भ्रमणको उद्देश्य, नेशनल क्याटरिङ कम्पनीमा रहेका नेपाली कामदारको अवस्था, नेपाली कामदारको बारेमा उनको कम्पनीको मूल्यांकन र यस विपद्को घडीमा उनको कम्पनीले नेपाली कामदार तथा उनीहरूका रिवारका लागि गर्न चाहेको सहयोगको बारेमा अन्नपूर्णका लागि कुबेर चालिसेले गरेको वार्ता :

तपाईंको नेपाल भ्रमणको उद्देश्य के हो?

हाम्रो कम्पनीमा करिब ६ हजार कामदार छन्। त्यसमध्ये भारतीयपछि सबैभन्दा धेरै संख्यामा नेपाली काम गर्छन्। नेपालमा भएको विपद्पछि हाम्रो कम्पनीमा कार्यरत करिब एक हजार तीन सय नेपालीको परिवार तथा उनीहरूको अवस्थाको बारेमा जानकारी लिन हामी नेपाल आएका हौं। 

हाम्रा कामदारको परिवारको सही अवस्था तथा उनीहरूलाई चाहिने मद्दतको बारेमा छलफल गर्न हामी नेपाल आएका हौं। नेपालमा महाभूकम्प गएको खबर पाएपछि हाम्रा कम्पनीका सबै कामदारले आफ्ना नेपाली साथीका लागि आर्थिक सहायता संकलन गरे। 

त्यसमा हाम्रो समूहका कम्पनीले पनि थप गरे। जब राम्रै रकम जम्मा भयो आफना कामदारको परिवारलाई भेट्न तथा उनीहरूलाई सहयोग गर्न हामी आफै नै नेपाल आयौं। हामीले नेपाल आउनु अघि आफ्ना कामदारका घर तथा परिवारको अवस्था बारेमा सूचना संकलन गर्‍यौं। 

हाम्रो कम्पनीमा कार्यरतमध्ये करिब तीन सयदेखि चार सयसम्मका परिवारको घरक्षति भएको सूचना संकलन गरेर हामी कसरी सहयोग गर्न सक्छौ भन्ने बुझ्न आएका हौं। हामी विपद्बाट प्रभावित कामदारका परिवारसँग प्रत्यक्ष भेटेर उनीहरूको आवश्यकताको बारेमा सूचना संकलन गर्छौ।

तपाईंको कम्पनीले महाभूकम्पबाट प्रत्येक्ष प्रभावित कामदारका परिवारलाई कसरी सहयोग गर्दछ?
पहिलो चरणमा हामीले लुगाफाटा तथा केही रकम आफ्नै आएर प्रभावित परिवारलाई दियौं। यसछि पनि तुरुन्तै हामी खानेकुरा तथा लुगाफाटा पठाउँछौं। दोस्रो चरणमा हामी हाम्रा इन्जिनियरलाई पठाउनेछौं। 

हाम्रो आफनै इन्जिनियर विभागका इन्जिनियर नेपाल आएर हाम्रा कामदारको सामान्य क्षति भएका भवनको मर्मत संभार गर्नेछन्। त्यसपछि तेस्रो चरणमा हाम्रा कामदारको पुर्णरुपमा क्षतिग्रस्त घरको पुनर्निर्माणको लागी उनीहरूले काम गर्दछन् र घर बनाइदिन्छन्। Source: Annapurna Post


Advertisement



प्रतिक्रिया दिनुहोस्...