स्विडेनमा भारतीय राष्ट्रपतिको गाडी दुर्घटना
Advertisement
स्टकहोम-स्विडेनको भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको गाडीहरुको समूह सडक दुर्घटनामा पर्दा नौ व्यक्तिलाई सामान्य चोट लागेको जानकारी स्विडेनका प्रहरीले दिएका छन् ।
राजमाग छोडेको केही समयपछि नै गाडीहरुको समूहका चार कार एकआपसमा ठक्कर खएको नोर्दस्ट्रमले बताए।
उपसाला स्टकहोमबाट ६५ किलोमिटर उत्तरमा अवस्थित छ र राष्ट्रपति मुखर्जी स्विडेन भ्रमणको अन्तिम दिनमा उक्त क्षेत्रको भ्रमणमा पुगेका थिए।
दुर्घटनाले राष्ट्रपति मुखर्जीको कार्यक्रममा प्रभाव नपारेको र उनी मङ्गलबार स्विडेनबाट प्रस्थान गरेको जानकारी दिइएको छ । रासस/एपी

Advertisement