.चीनको उद्धार टोली नेपालबाट फर्कियो
Advertisement
२६ वैशाख । भुकम्प लगतै खोजविन तथा उद्दारका लागि नेपाल आएको चिनियाँ उद्धार टोली देश फर्किएको छ। ६२ सदस्यिय टोली १३ दिन सम्म नेपालमा भुकम्पपिडितको उद्धारमा खटिएको थियो। ६ स्निफर जातका कुकुर सहित पिडितको खोजि तथा उद्धारमा खटिएको सो समुह बेजिङ विमानास्थलमा सकुशल पुगेको चिनियाँ समाचार सस्थाले जनाएका छन्।
१३ दिने नेपाल बसाईका क्रममा चिनियाँ टोली निकै सक्रियताका साथ लागेको थियो। चिनियाँहरु पिडितलाई जिवितै उद्धार गर्ने पहिलो विदेशी टोली भएको भन्दै त्यहाँका सञ्चारमाध्यमहरुले लेखेका छन् ।
चिनियाँ टोली २६ अप्रिलमा नेपालमा उत्रिएको थियो। नेपाल आएको सो टोलीका अधिकांश सदस्य हाइटी र जापानको भुकम्पका बेला पनि उद्धार कार्यमा सहभागी भएका थिए ।
सन २०००१ मा स्थापन भएको चिनियाँ अन्तराष्ट्रिय खोज तथा उद्धार समुहको नेपाल दशौं मिसन थियो।
यसैबीच चीनका लागि नेपालका राजदुत महेश कुमार मास्के चिनियाँ सहयोगलागि धन्यवाद थिएका छन्। उनले चीन नेपालको सच्चा मित्र भएको भन्दै भुकम्पपछिको पुनःनिर्माणमा चीनबाट थप सहयोग आउने आशा व्यक्त गरेका छन्।
उद्धार आएको अर्को भारत विवाद आएपनि चिनियाँ टोली भने कुनै विवादमा तानिएन।
source:taja khabar

Advertisement


