-विमानस्थलमा पुरुषले कपडा खोले, अस्त ब्यस्त भयो वातावरण..
Advertisement

एजेन्सी ।अमेरिकाको चार्लोट डगलास इन्टरनेशनल एयरपोर्टमा एक ब्यक्तिले विमानमा बढी भिड भएको भन्दै कपडा खोले विरोध गर्दा विमानस्थल नै तनावग्रस्त बन्न पुगेको छ ।


आफू जमैका जाँदै गरेको विमानमा धेरै यात्रु रहेको भन्दै ती पुरुषले कपडा काडेर विरोध गरेका थिए ।ती ब्यक्तिको हर्कतले गर्दा केही बेर सम्म विमानस्थलमा अस्त ब्यस्त वातावरण बनेको थियो । करिव एक घण्टा पछि भने प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

विमानमा भिड भएको भन्दै अधिकारीहरुसँग रिसाएका ती पुरुषले कर्मचारीको अगाडी कपडा खोलिदिएका थिए ।पुलिसले भने ती ब्यक्तिलाई केही स्वास्थ्य समस्या रहेको थाहा भएको भन्दै कारवाही नगर्ने जनाएको छ । Source : नेपाली खबर साइट

Advertisement



प्रतिक्रिया दिनुहोस्...