दोस्रो ठूलो भूकम्पले धक्कापछि राजधानीको बाकी घरहरु तहस नहस
Advertisement

मात्रिका पौडेल २९ वैशाख, काठमाडौं । विनाशकारी भूकम्पको १७ दिनपछि दोहोरिएको दोस्रो ठूलो भूकम्पको धक्कासँगै राजधानी काठमाडौंको जनजीवन फेरि भयभित बनेको छ । मध्यान्ह कार्यालय समयमा अचानक भूकम्पको ठूलो धक्का आएपछि सर्वसाधारण सडकमा


निस्किएका छन् । काठमाडौंको बानेश्वर चोकदेखि माइतीघर क्षेत्रमा सडक जाम भएको छ । सडकको माहोल वैशाख १२ गतेको पहिलो भूकम्पपछिकै जस्तो छ । मध्यान्ह करीव १ बजेको ठूलो भूकम्प लगत्तै सानो धक्का दोहोरिएकाले सर्वसाधारण घर र कार्यालयबाट बाहिर छन् । सडकमा गाडी र मोटरसाइकलहरु रोकेर राखिएका छन् । पसलहरु बन्द गरेर सर्वसाधारण बाहिर खुला ठाउँमा निस्किएका छन् । सबैले आफन्तलाई फोन गरिरहेका कारण टेलिकमको नेटवर्कले राम्रोसँग काम गर्न सकेको छैन । भूकम्पबाट थप भौतिक संरचनाहरु भत्किएको आशंका गरिएको छ । प्रहरीले क्षतिको विवरण संकलन हुन बाँकी रहेको जनाएको छ । अनलाइनखबरको टिम अहिले राजधानी लगायत भूकम्प प्रभावित क्षेत्रमा परिचालित भइसकेको छ -

Advertisement



प्रतिक्रिया दिनुहोस्...