एयर इण्डियाको विमान दुर्घटना
Advertisement
२०७२ काठमाडौं, ५ जेठ ।
एयर इण्डियाको एक विमान मंगलबार दुर्घटनामा परेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार एयर इण्डिया विमानको ककपिट को सीसा टुटेर दुर्घटना भएको हो । यद्यपी विमान ठूलो दुर्घटनाबाट बचेको छ ।
विमानमा सवार १६९ जना यात्रु सकुसल रहेको प्रहरीले जनाएको छ ।
विमानस्थलका निर्देशक एससी होताले दिएको जानकारी अनुसार भारतको दिल्लीबाट भुवनेश्वरका लागि उडेको एयर इंडिया ८७३ को विमान ३२१ ले सीसा फुटेपछि तत्काल विमानस्थलमा सम्पर्क गरेको थियो । त्यसपछि उक्त विमानले लखनउमा आकस्मिक अवतरण गरेको थियो ।
उनका अनुसार चालक दलको निर्णयमा विमानलाई दिउँसो लखनउ हवाई अड्डामा अवरतरण गरिएको थियो । विमानमा १६९ यात्रु सवार थिए । एजेन्सी
स्रोत-दैनिक नेपाल
Advertisement