.आँखामा आँशु पार्दै सविना भन्छिन्ः तीन घण्टा पुरिएकै ठाउँमा छोरा चिच्याएपछि दुध खुवाएँ
Advertisement

सिन्धुपाल्चोक दुवोचौरकी १८ बर्षिय सविना लामालाई वैशाख १२ गते गएको विनाशकारी भूकम्प एक पटक पनि सम्झन मन छैन । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत घाइते लामाले स्वास्थ्य चौकीको छतले तीन घण्टासम्म पुरिदा बाँच्ने आशा गरिकी थिइनन् । काखमा रहेको एक महिनाको छोरालाई बचाउँन खोज्दा स्वास्थ्य चौकीको छतले पुरेको सम्झँदा भक्कानिँदै उनले भनिन,‘तीन घण्टा पुरिएर निसासिएपछि छोरा निकै चिच्यायो त्यहीभित्र दुःख खुवाए ।’ आफ्नो भन्दा पनि छोराको मायाले बढी सताएको बताउंदै लामाले छोरा र आफू हैन श्रीमान पनि बाँच्न सफल भएकाले त्यो पीडा कम हुँदै गएको बताइन । पुरिएको ठाउँमा बाहिरबाट श्रीमान सहित गाउंलेहरुले खोतल्दै तीन घण्टापछि निकालेछन । मैले छोरालाई केही हुन्छ कि भनेर छातीमा टासेर राखेको थिए होसमा आउंदा छोरा र श्रीमानलाई देख्दा खुसीको सीमा नै रहेन ।


दुवोचौर स्वास्थ्य चौकीभित्र झण्डै २० जना भन्दा बढी आमा र बच्चा रहेका थिए । भाडदौड चल्यो । काखको बच्चा छोडन सकिएन त्यहीं भएर धेरैले ज्यान गएको सम्झदै लामाले प्रश्न गर्दै भनिन,‘आमालाई आफ्नो सन्तानको भन्दा बढी माया कसको पो हुन्छ होला र ? एक महिनाका बच्चाहरु रोइरहेका थिए । आमाहरु चिच्चाइरहेका थिए । तर पुरिएको ठाउँबाट भाग्न सक्ने अवस्था थिएन आमा र बच्चाहरुले रुदै र चिच्याउदै संसारबाट विदा भए, उनले भनिन । मुस्किलले बाहिर निस्कन सफल भएकाहरु आफू र आफ्नो बच्चा जोगाउन लागेकाले हारगुहार गर्दा पनि सुन्ने कोही थिएनन, उनले भनिन‘मानो नटुटेसम्म केही पनि हुँदो रहेछन तीन घण्टासम्म पुरिदा पनि मलाई र मेरो छोरालाई केही पनि भएन ।

अस्पतालमा रहेका सविनाको श्रीमान सिंगमान तामाङले श्रीमती र छोरा बाँच्नु आफ्नो लागि जीवनमा यो भन्दा ठूलो खुसी केही पनि नरहेको बताए । उनले भने,‘गाउँमा विवाह थियो हामी सबै जन्ती गएका थियौ भुकम्पले हेर्दाहेदै कुनै पनि घर सद्दे बसेन, श्रीमती र छोरालाई के भयो भनेर हतार हतार घरमा आए ताल्चा लगाएको थियो, स्वास्थ्य चौकीमा खोप लगाउन गएका छन भनेर दौडेर गए दुवै पुरिएका रहेछन ।’ श्रीमती र छोरालाई त बचाउन सफल भएपछि श्रीमतीको ढाडमा लागेको चोट उपचार गराउने पिरलाले सताउन थाल्यो ।

गाउँभर मृत्यु हुने र घाईते नहुने घर नै छैनन् । सबै मिलेर रातदिन नभनी उद्दार ग¥यौ, चाहेर पनि कतिलाई बचाउन सकेनौ, निकै दुःख पनि लागेको छ, तामाङले भने । गाउँमा मलामी जाने मानिससम्म नहुने गरी भूकम्पले विपत्ति ल्यायो,जस्तै परेपनि सहनुको विकल्प नरहेको तामाङको अनुभव छ । श्रीमतीको ढाड फ्याक्चर भएपनि छिमेकीको उद्दारमा लाग्नु परेकाले चारदिनपछि मात्र हेलिकप्टर मार्फत ग्राण्डि अस्पतालमा ल्याएको उनले बताए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
source:taja khabar 

Advertisement



प्रतिक्रिया दिनुहोस्...