बेलायतद्वारा नेता नेपाललाई भिषा दिन अस्वीकार
Advertisement

काठमाडौं, जेठ १४– एमाले नेता प्रदीप नेपाललाई संयुक्त अधिराज्य बेलायतले भिषा दिन अस्वीकार गरेको छ । तेस्रो पटक बेलायत भ्रमणका लागि जाने योजनामा रहेका नेता नेपाललाई  बेलायतले भिषा दिन अस्वीकार गरेको हो ।

बेलायतले भिषा दिन अस्वीकार गरेको पुष्टि गर्दै नेता नेपालले अब कहिल्यै बेलायत नजाने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा असन्तुष्टि जनाउँदै लेखेका छन्, ‘ भिषाका लागि मैले दिएको आवेदनलाई बेलायत सरकारले अस्वीकार गरिदियो, अब कहिल्यै बेलायत जान्न ।’ दुई पटक बेलायत पुगिसकेका साहित्यकार समेत रहेका नेपाललाई बेलायतले भिषा नदिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पछिल्लो समय नेपालमा विनाशकारी भुकम्प गएपछि सहयोगका लागि आएको बेलायती हेलिकप्टरले नेपालमा प्रवेश नपाउनु तथा कर्णेल कुमार लामा प्रकरणको असर नेता नेपालमा देखिएको अड्कल काट्न थालिएको भएपनि बेलायतले भने केहि बोलेको छैन । केहि महिना अघिमात्रै खुलेआम रुपमा नेपालस्थित बेलायती राजदूतले धर्म परिवर्तनबारे अभिव्यक्ति दिएपछि बेलायतको चर्को आलोचना भएको थियो भने राजदूतले बीचमै राजीनामा समेत दिनुपरेको थियो ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...