हल्ला मात्रै होकी भोली साँच्चीकै अनिष्ठ हुन्छ ? अर्का ज्योतिष यसो भन्छन्
Advertisement
May 18, 2015
काठमाडौं । बैशाख १२ मा गएको महाभुकम्पपछि पनि लगातार आइरहेको पराकम्पनले गर्दा यतीबेला आम नेपाली त्रासमा बाँचीरहेका छन् ।
ज्योतिषहरुले नै नेपालमा थप प्रलय हुनसक्ने भन्ने प्रचारबाजी गर्न थालेपछि आम मानिसहरु थप त्रासमा बाँच्न बाध्य भएका छन् । यस्तोमा जेष्ठ पाचमा प्रलय हुने भन्ने हल्लाका बारेमा ज्योतिषहरु पनि मुछिएका छन् ।सर्बसाधारणमा देखिएको त्रासका बारेमा नेपाल सन्देशसँग टेलिफोनमा कुरा गर्दै ज्योतिष पण्डित विहंगमराज तिमिलसेनाले भने प्रलयको कुनै सम्भावना नरहेको दाबी गरे ।
उनले गुरु बृहस्पती दाहीना रहेको र राशि स्वामि मंगल रहेकाले शनिको सामना गर्नसक्ने शक्ति रहेको बताए ।
उनले ग्रह र राशिको संयोजन हेर्दा मंगलले नराम्रो समयलाई पनि नियन्त्रण गर्नसक्ने देखिएकाले नआत्तिकन बस्न आम नेपालीलाई आग्रह समेत गरे ।
अब शान्ति र स्थायीत्वतर्फ मुलुक अघि बढ्ने भन्दै तिमिलसेनाले निकट भविष्यमा मुलुकका केही भुभागमा भने जल प्रकोप हुनसक्ने बताए ।
ज्योतिष तिमिलसेनाले तरलतामा गुम्सिएको पोइजनहरु कम्पन भैसकेकाले अब कुनै समस्या नहुने बताए । उनले १९९० साल देखि अहिलेसम्मको भुगर्भको अध्ययन र ज्योतिषशास्त्रीय अध्ययनले अर्को प्रलयको सम्भावना नरहेको बताए ।
तिमिलसेनाले राष्ट्रहितकालागि तान्त्रीक पुजा आवश्यक रहेको भन्दै दश महाविद्याको साधना गर्नुपर्नेमा जोड दिए । स्रोत : नेपाल संदेश

Advertisement


