-पहाडी बस्ती मधेशमा सारे गृहयुद्धः सीके राउत..
Advertisement

सीके राउत
एक माथि अर्को सुनियोजित षड्यन्त्रद्वारा पहाडीहरूलाई मधेशमा बसाउनाले २००८ साल देखि २०५८ सालको ५० वर्षको अवधिमा मात्रै मधेशमा पहाडीहरूको जनसंख्या ६% बाट बढेर ३३% हुन पुग्यो। २०६३-६४ को मधेश आन्दोलन पछि नेपालीहरूले एउटा डिस्कोर्स नै क्रिएट गरे कि सबै पहाडीहरूलाई मधेशबाट धपाइएको छ, जुन डिसकोर्स चलाउनका लागि केही मधेशी लेखक, पत्रकार र बुद्धिजीवीलाई समेत अगाडि सारियो, र उनीहरुलाई बैंकको चेक मात्र हैन, राष्ट्रिय सम्मान नै दिइयो।तर २०६८ सालको जनसंख्यामा देखियो ठीक उल्टो, २०५८ सालमा नेपाली साम्राज्यको केवल ४८.८% जनसंख्या मधेशमा रहेकोमा त्यो झन बढेर १० वर्षको अवधिमा नै ५०.३% हुन पुग्यो, र पहाडको जनसंख्या त्यति नै मात्रामा उल्टो घटेको पाइयो।

कहिले थारुलाई दारु पिलाएर, राजवंशीसँग मितेरी लाएर, संथाललाई नागरिकतामा फँसाएर यी पहाडीहरूले मधेशको भूमि कब्जा गर्दै मधेशमा जमीन्दार बन्दै गए, र मधेशी मूलबासी आदिवासीहरूलाई आफ्नै भूमिमा घरबार बिहीन बनाएर, भूमिहीन बनाएर, दास बनाएर, कमैया-कमलरी बनाएर बस्न बाध्य गरे, भने लाखौं मधेशी मूलबासीहरू विस्थापित भए।

पहाडीहरूको आप्रवासनले मधेशको जनघनत्व थेग्नै नसक्ने हुन पुगेको छम, अहिले नै पहाडको जनघनत्व १८६ व्यक्ति प्रति वर्ग किमी मात्रै छ भने मधेशको त्यो भन्दा दुईगुणा भन्दा बढी ३९२ छ। अझ सुनियोजित षडयन्त्रद्वारा पहाडीहरूलाई बसाएका झापा, चितवन, कंचनपुर जस्ता जिल्लाहरूमा त जनघनत्व कहालीलाग्दो तरीकाले विष्फोट भएको छ। उदाहरणका लागि कंचनपुर जिल्लाको जनघनत्व २०१८ सालमा केवल १२ थियो भने २०६८ सालमा पहाडीहरूको आप्रवासनले बढेर २८० हुन पुग्यो (२५ गुणा !) जबकि सँगैको पहाडी जिल्ला डडेल्धुरामा ५७ बाट बढेर केवल ९२ भयो। यसरी जनघनत्व बढिरहदा सन् १९५४ मैं UN ले तराईमा वन विनाश र आप्रवासनका कारणले उर्वरता घटदै जानी, पानी सुक्दै जाने र जलवायु नै परिवर्तन हुने चेतावनी दिएको थियो। तैपनि पहाडीहरूले मधेशमा बसाउने षडयन्त्र गरिरहे।

पहाडीहरू मधेशमा बसाइनाले मधेशको जनघनत्व मात्रै बढेको छैन, मधेशीहरूको जमीन मात्रै खोसिएको छैन्, मधेशीहरू विस्थापित मात्रै भएका छैनन्, उनीहरूको सम्पूर्ण अस्तित्व नै संकटमा छ। नेपाली प्रशासनको आडमा यी आप्रवासी पहाडीहरू मधेशीहरूलाई घर-घरमा घुस्दै कुटपीट मात्रै गर्दैनन्, मधेशीहरूको सविनाशलाई (annihilation) नै मूर्तरूप दिन खोजिरहेका छन्। विराटनगरमा खुकुरी ग्यांगहरूको यति त्रास छ कि मधेशीहरू एक-आपसमा कानेखुसी गर्दै डरले बाँचिरहेका छन्, नेपालगंज र लहानमा मुठ्ठी भर पहाडीहरूले नेपाल प्रहरीको आडमा दंगा फैलाएर कसरी मधेशीहरूको आफ्नै घर र पसलमा आगो लगाइ दिए र खोजीखोजी पिटे, भनि राख्नु पर्दैन।

र यो भूकम्प पछाडि नेपाल सशस्त्र प्रहरीले मधेशीहरूलाई हप्काउदै आफ्नो घरमा राख्न भनिरहेका छन्, मधेशीसँग भएको १-२ कठ्ठा जमीनमा पहाडीहरूलाई घर बनाउन दिन बन्दुकको कुन्दा देखाउँदै पिट्दै छन्। केही समय अगाडी मात्र सप्तरीको राजविराजको दक्षिण तिरका गाउँहरु नजीक सशस्त्र प्रहरी आएर पहिला क्याम्प राख्ने सुरसार कसे, र अहिले त्यहाँ पहाडबाट हजारौं मान्छेहरू ल्याएर टोल नै बसाउन लागेका छन्, मधेशीहरूको घर-घरमा राख्न दबाब दिइरहेका छन्, आफ्नो महिलाहरूको लागि मात्रै भएको शौचालय दर्जनौं पहाडीहरू जबरदस्ती आँगनमा पसेर प्रयोग गर्दैछन, र त्यसो नगर्न अनुरोध गर्दा सशस्त्र प्रहरीले मधेशीलाई कुटपीट गरेर एस.पी. कार्यालयको हिरासत मै थुनेका छन।

यस्तो परिस्थितिमा (सबै हैन तर) अधिकांश मधेशी लेखक, पत्रकार, बुद्धिजीवीहरू पहाडीबाट मोटो रकमको चेक पाउने वा अवार्ड पाउने आशामा उल्टा डिसकोर्स क्रिएट गर्दै आएका छन्, “हामी त एक हौं” भन्दै इमोशनल ब्ल्याकमेल गरी भ्रम छर्दै पहाडीहरूलाई मधेशमा घुसाउने वातावरण सिर्जना गर्नमा लागेका छन्, भने संसदवादी मधेशी पार्टीहरू नेपालमा ठूलो मात्रामा भित्रिएको राहतमा आफूले पनि केही % पाउन, र राष्ट्रिय सरकारमा जानका लागि चुप्पी साधेर बसेका छन्। उनीहरूलाई मधेशमाथि सशस्त्र प्रहरीले गर्दै आएको दमन देखिन्न, फिरंगीहरूले मधेशमा गरिरहेको अत्याचार देखिन्न, उनीहरू त काठमांडू र पहाडमा सेल्फी खिच्न, आफ्नो मालिकहरूको ‘गूडबूक’मा रहन मैं व्यस्त छन्। ४५% मधेशी दलितहरू, ४१% मुस्लिमहरू, लाखौं थारू, संथाल, राजवंशीलगायत का आदिवासीहरू, कमैया कमलरीहरू, बाढी र अग्निपीडितहरू अझै भूमिहीन छन्, तिनीहरूलाई बसाउने, भूमि दिने कुरो उठदैन, तर चुरिया फडानी गरेर भएपनि, मधेशीलाई आफ्नै घरबाट धपाएर भएपनि सद्भावको नाममा मधेशमा बसाउने र बांकी मधेशीलाई पनि भूमिहीन बानउने, विस्थापित गर्ने षडयंत्र हुँदैछ।

तर चाहे त्यो ऋतिक रोशन कांड, नेपालगंज कांड, कपिलवस्तु कांड जस्तो होस्, कि बारा र रौतहटमा पहाडीहरूले भर्खरै गरेको अत्याचार, घर-घरमा घुसेर मधेशी महिलाहरूलाई समेत पिटने काम, त्यो आउने दिनमा निकै नै बढदै जाने कुरा प्रष्ट हुँदैछ। पहाडीहरूलाई मधेशमा बसाउन देशी-विदेशीहरूले अनेकौं षडयन्त्र गर्ने नै छन्। यस्तोमा आफ्नो अस्मिता, आफ्नो आमा-बहिनी, छोरी-बुहारीको ईज्जत बचाउनका लागि पनि आज न भोलि मधेशीहरूले ज्यानको बाजी थाप्ने नै छन्, र भूकम्प प्रभावितको नाममा पहाडीहरूलाई मधेशमा बसाउने क्रम जारी रहयो भने आउँदा दिनमा गृहयुद्ध सुनिश्चित नै छ। र त्यो कुनै पार्टी, संगठन वा नेतृत्व विशेषको आह्वानमा होइन, मधेशीहरूको कारणले पनि होइन, बरु पहाडीहरूको अत्याचार र दादागिरीबाट नै स्वस्फूर्त रूपमा शुरु हुनेछ। त्यो घोर गृहयुद्ध “मरता क्या नहीं करता!” को परिस्थितिबाट उब्जिनेछ।
Source: नेपाली हेडलाइन्स


Advertisement



प्रतिक्रिया दिनुहोस्...