१ महिनापछि गोरखामा फेरि भूकम्पको झड्का
Advertisement

काठमाडौं, १५ जेठ ।
विनाशकारी भूकम्पको केन्द्रविन्दु गोरखामा आज विहान फेरि भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार शुक्रबार विहान ८ बजेर ३० मिनेटमा गोरखामा भूकम्प गएको हो ।

केन्द्रमा अनुसार गोरखाको भूकम्प ४ रेक्टर स्केलको रहेको छ । यसअघि गत वैशाख १२ गते गोरखाको बरपाकलाई केन्द्रविन्दु बनाएर ७ दशमलब ८ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको थियो ।
यस्तै आज विहानै ५ बजेर २० मिनेटमा धादिङमा पनि भूकम्पको धक्का महसुस भएको छ ।
धादिङमा विहान ५ बजेर २० मिनेटमा ४ दशमलब २ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...