..भारतीय प्रधानमन्त्री मोदीको धरानमा पुत्ला दहन
Advertisement

, सुनसरी । राहतका नाममा मिडियावाजी गरेको भन्दै सुनसरीको धरानस्थित भानुचोकमा भारतीय

प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । शक्तिशाली भूकम्पले मुलुक शोकमा डुबेका बेला मोदी सरकारले राहत वितरणको नाममा मिडियावाजी गरेको र आर्मीहरुलाई सिमा क्षेत्रभित्र गस्ती गर्न लगाइएको प्रति विरोध गर्दै पिण्डेश्वर विद्या पिठका विद्यार्थीहरुले संयुक्त रुपमा मोदीको सोमबार पुत्ला जलाइएको हो ।
भारतले दिन्छु भनेजति राहत नदिई प्रोपोगाण्डामात्रै गर्न खोजेकाले त्यसको विरोधमा उत्रिएका विद्यार्थीहरुले मोदीको पुत्ला दहन गरेका हुन् । भूकम्पको नाममा भारतले विस्तारवादको नीति अवलम्बन गरेको विद्यार्थीहरुको आरोप छ ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...