सन्नी लियोनलाई बसेको डेराबाट घर मालिकले निकालियो
Advertisement
८ जेठ, एजेन्सी ।
बलिउडमा जम्दै गरेकी पूर्व पोर्नस्टार सन्नी लियोनलाई भाडामा बसेको ठाउँबाट निकालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
सन्नी मुम्बईस्थित अधेरीमा रहेको अभिनेत्री जेट्लीको फ्ल्याटमा बस्दै आएकी थिइन् । आफ्नो घरलाई फोहोर बनाइदिएको र सन्नीले राम्रो हेरचाह नगरेको भन्दै सेलेना रिसाएको समाचारमा उल्लेख छ ।
घरमा फर्निचरहरु विगारिदिएको र फोहोरका कारण सबै अस्तब्यस्त भएको भन्दै सेलेना सन्नीसँग आगो भएकी थिइन् । घरबाट निकालिएपछि सन्नी लियोन अहिले होटलमा बसिरहेको बताइएको छ ।
स्रोत : नेपाली हेडलाइन्स

Advertisement



