आज ३ पराकम्पन, ११ बजेर ४६ मिनेटमा भूकम्पको अर्को झट्का
Advertisement

१० जेठ, काठमाडौं ।
बैशाख १२ को विनाशकारी भूकम्पका पराकम्पनको क्रम कम भएपनि पूर्ण रोकिएको छैन । पराकम्पन जाने क्रम सुस्त बनेको छ । आइतबार विहानै दोलखा र सिन्धुपाल्चको केन्द्र भएका ३ पराकम्पन भएका छन् ।
पछिल्लो पराकम्पन विहान ११ बजेर ४६ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर भएको छ । यसको क्षमता ४.२ म्याग्नेच्युड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।


यस अघि विहान १० बजेर ३८ मिनेटमा ४ दशमलव ४ रेक्टर स्केलको पराकम्प भएको थियो । भने
यस अघि विहान ७ बजेर ६ मिनेटमा ४.२ रेक्टर स्केलको भूकम्पको धक्का महशुस भएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

अव पराकम्पनको क्रम पनि कम हुने विज्ञहरुले बताएका छन् ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...