एक नेपाली युवकले फेसबुक चलाएर १० लाख जुटायो
Advertisement
पोखरा । सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट सहयोग जुटाएर एक युवकले भूकम्पले क्षतिग्रस्त विद्यालय तथा सर्वसाधारणलाईजस्ता पाता सहयोग गरिरहेका छन् ।
बेलायत र दुबईमा रहेका साथीहरुले वास्तविक पीडितलाई राहत पु¥याइदिनु भन्दै महाभूकम्पको भोलिपल्टै बैशाख १३ मा फेसबुकमा म्यासेज पठाएपछि उनले अभियान थालेका हुन् ।
सुरुमा बेलायतमा रहेका नविन गुरुङले १ लाख र दुबईबाट शंकर गुरुङले ५ हजार रुपैयाँ दिएका थिए । अहिलेसम्म १० लाख रुपैयाँ सहयोग जुटेर विद्यालय र विपन्नलाई जस्तापाता वितरण गरिसकिएको उनले बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ । स्रोत : नेपाल संदेश

Advertisement



