यस्तो कुवा, जहाँको पानी शरीरमा पर्ने वित्तिकै गर्भवती !
Advertisement

एजेन्सी ।
बच्चाको चाहना भएको तर गर्भ बस्न नसकेका कारण दिक्क भएकाहरुलाई खुसीको खबर प्राप्त भएको छ । यो खुसीको खबर मेडिकल साइन्सको प्रगति होइन, न त यो कुनै चामत्कारीक उपाय नै हो ।

यो केवल एउटा सामान्य कुरा हो । तपाईंलाई बच्चा चाहीएको भए केवल तीन पटक नुहाउनुहोस । तर, धरमा नुहाएर हुँदैन ।
यसकालागि तपाईं पाकिस्तानको सियालकोट जिल्लास्थित फर फलंगमा पुग्नुपर्छ । त्यहाँ रहेको पुरनको कुवामा गएर तपाईंले तीन पटक नुहाउनुभयोभने तपाईंको गर्भ बस्ने मान्यता रहि आएको छ ।
सयौं वर्षदेखि यहि मान्यताकासाथ हजारौं मानिसहरु यो कुवामा नुहाउन जाने गरेका छन् । विज्ञानको युगमा पनि कुवामा नुहाएर गर्भ बस्ने कुरा हचुवाको जस्तो लाग्न सक्छ ।
तर, यो कुवामा नुहाउनेहरुले आफ्नो बाँझो कोखलाई परिपुर्ण पारिरहेका छन् । बच्चा नहुने महिलाले उक्त कुवामा लगातार तीन वटा आइतबार नुहाएर आफ्नो पच्यौरा वा गलबन्दी त्यहाँ रहेको एउटा रुखमा बाँधेर बच्चा पाउँ भन्ने आशिष मागेपछि इच्छा पुरा हुने गरेको समाचार द डान पत्रिकाले लेखेको छ ।
उक्त कुवामा हरेक आइतबार सयौं महिलाहरु पुग्ने गरेका छन् । यो कुवाबारे पाकिस्तानमा पौराणीक कहानी पनि जोडीएको छ ।
पुरन नामका एक जनालाई उनकी सौतेनी आमाले शारीरिक सम्पर्क गर्न लगाइन् । तर उनले नमानेपछि उनलाईै जबरजस्ती करणीको आरोपमा उक्त कुवामा फालीयो ।
तर, एकजना बटुवाले उनलाई बचाए । त्यसबेलादेखि उक्त कुवाको नाम पुरनको कुवा रहन गयो भने सन्तान नभएकाहरुले उक्त कुवामा नुहाएमा सन्तान प्राप्त हुने भन्ने कुराको थालनी पनि त्यसै बेलादेखि भयो ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...