अस्पताल हाताभित्रै रुखले किचेर डाक्टरको निधन
Advertisement
-स्वास्थ्य खबरपत्रिका
धरान– शनिबारको हावाहुरीका कारण ढलेको रुखले किचेर एक डाक्टरको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्रको रुख उखेलिँदा प्रतिष्ठानको एनाटोमी विभागकी जुनियर रेजिडेन्ट २७ वर्षीय डाक्टर रञ्जना देवकोटाको मृत्यु भएको हो।
प्रतिष्ठानले गहिरो दुःख व्यक्त गर्दै भविष्यमा घटना दोहोरिन नदिन सचेतता अपनाउने जनाएको छ। यसैगरी प्रतिष्ठान हाताभित्रको पुराना र बुढो रुखहरुलाई हटाउन वन कार्यालयसँग समन्वय गर्ने बताइएको छ ।

Advertisement



