धुर्मुसको घर र सुन्तलीको माइतीघर भूकम्पले सखाप (फोटोसहित)
Advertisement

भक्तपुर, वैशाख २८ – हाँस्य टेलिश्रृंखला मेरी बास्सैको सुटिङ स्पटमा रहेको धुर्मुस र सुन्तलीको घर भूकम्पले भत्किएको छ ।
सूर्यविनायकको सिपाडोलमा मेरी बास्सैको सुटिङका लागी उनीहरुले विवाह गरेका थिए । सोमवार सुटिङका क्रममा आफुले विवाह गरेको घरमा पुगेका धुर्मुसले भने, ‘सिपाडोलका घरहरुको अवस्था देख्दा मेरो मन रोएको छ ।’

धुर्मुस र सुन्तलीको वास्तवीक विवाह भने त्यहाँ भएको थिएन, टेलिश्रृङ्खला छायाँङ्कनका क्रममा उनीहरुले त्यहाँ आ–आफ्नो घर बनाएका थिए ।
मेरी बास्सै टिमले करिब पाँच साल लगातार सिपाडोलमै सुटिङ गरेको थियो । ‘आजकाल हसनटारमा सुटिङ गर्न थालेका छौं’ सुन्तलीले भनिन् ।
स्थानीय पम्फा थापाको घरलाई धुर्मुस र शुसीला थापाको घरलाई सुन्तलीले आफ्नो माइतीघरको रुपमा प्रयोग गर्ने गरेकी थिईन् ।
धुर्मुसले सुटिङको क्रममा प्रयोग गर्ने गरेको घरधनी पम्फाले भनिन् ‘उँहाहरु यहाँ उकाली–ओरालीदेखि घाँस–दाउरा सम्म गर्नुहुन्थ्यो ।’
यसैबीच हाँस्य कलाकारद्वय धुर्मुस र सुन्तलीले भक्तपुरको सिपाडोल,काठमाडौंको हसनटार र मुड्खुभञ्ज्याङमा राहत वितरण गरेका छन् ।
सुटिङ स्पटका भूकम्प प्रभावित वस्तिमा चामल, दाल चना र त्रिपाल वितरण गर्दै सिताराम कट्टेल धुर्मुसले भने, ‘आफ्नै गाउँ ठाउँमा राहत वितरण गर्दा निश्पक्षता अपनाउनु पर्छ ।’ # ratopati



Advertisement



प्रतिक्रिया दिनुहोस्...