.हावाहुरीसँगै ४ दशमलव २ म्याग्निच्यूटको भूकम्प
Advertisement
२०७२ बैशाख २८ सोमबार
सोमबार राती ८ बजेर ३५ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.२ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
ठूलो भूकम्पपछि साना पराकम्पन आउने क्रम जारी रहेकाले नआत्तिन राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले सर्वसाधरणलाई आग्रह गरेका छन् ।
गत वैशाख १२ गतेदेखि हालसम्म चार म्याग्निच्यूटमाथिका १६१ वटा भूकम्पका धक्का महसुस गरिएको छ । यी धक्काबाट डराउनुपर्ने अवस्था नरहेको केन्द्रका प्रमुख अधिकारीले बताए ।
'ठूलो भूकम्पको धक्का गएको हुनाले ससाना धक्का जानु स्वाभाविक मानिन्छ', उनले भने, 'छ म्याग्निच्यूटममुनिका भूकम्प आउँदा आत्तिनुपर्ने अवस्था छैन ।'
सोमबार चार म्याग्निच्यूटमाथिको एउटामात्र भूकम्पको धक्का रेकर्ड भएको अधिकारीले जानकारी दिए ।
चट्याङबाट एकको ज्यान गयो
हावाहुरीसँगै परेको चट्याङले धादिङमा एकजनाको ज्यान गएको छ । घटनामा तीनजना घाइते भएका छन् । चट्याङले नीलकण्ठ नगरपालिका-११ का २० वर्षीय सुनिल गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
चट्याङ लागेर सोही ठाँउका १९ वर्षीय प्रनिशा गुरुङ, २४ वर्षीया शान्ति थापा र ६० वर्षीय मानबहादुर गुरुङ घाइते भएको प्रहरी नायव उपरीक्षक प्रकाश मल्लले जानकारी दिए । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Advertisement