मलेसियामा अम्बर हराएपछि घरमा रुवाबासी
Advertisement
मलेसिया: रोजगारीका लागि एक दशकअघि आएका खोटाङको बुइँपा–४ का अम्बर राई मलेसियाबाटै वेपत्ता भएका छन् ।
मलेसिया आएको केही वर्ष घरपरिवारसँग सम्पर्कमा रहेका अम्बरको अहिले अत्तोपत्तो नभएपछि उनको परिवारमा रुवाबासी चलेको छ।
मलेसियाको सेलेङ्गर राज्यमा रोजगारी गरिरहेका अम्बर केही वर्षदेखि सम्पर्कमा नआएको भन्दै उनका आफन्तले खोजी गरिदिन आग्रह गरेका छन्।
परिवारको सम्पर्कमा नभएपछि अम्बरको खोजीका लागि नेपाल र मलेसिया दुबैतिर हारगुहार गरिएको उनका आफन्त बाल राईले बताए।
रोजगारी गर्न नेपालीमध्ये केही मलेसियामै वेपत्ता हुने गरेका छन्। केहीले यतै घरजम गरेर बसेका छन्। केही नेपाली भने सोचेजति कमाइ हुन नसकेपछि जानाजान परिवारको सम्पर्कबाहिर जाने गरेका छन्।
अम्बर वेपत्ता भएपछि उनका परिवार चिन्तित भएका बालले बताए । उनी काम गरेको आसापासका सबै क्षेत्रमा खोजी गर्दा पनि अवस्था पत्ता नलागेको बालले बताए।
annapurnapost.com

Advertisement



