.२५ वर्ष बाख्राको खोरमा थुनिएकी महिलाको उद्धार
Advertisement

मोहन बस्याल/उज्यालो । चितवन, मंसिर २४ – २५ वर्षदेखि बाख्राको खोरमा थुनिएकी भरतपुर उपमहानगरपालिका–१८ मंगलपुरकी काशीमाया तामाङको बुधबार उद्धार गरीएको छ ।
उहाँलाई  भरतपुर अस्पतालमा उपचारको व्यवस्था समेत मिलाइएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान चलिरहँदा मानसिक समस्या भएको भन्दै महिलालाई वर्षौदेखि खोरमा थुनिएको भन्ने समाचार आएपछि प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका व्यक्ति सञ्चारकर्मीसहितको टोलीले उद्धार गरेको हो ।

उद्धारमा सक्रिय राप्रपा नेपालका जिल्ला अध्यक्ष बद्री तिमल्सिना, प्रमुख जिल्ला अधिकारी मानबहादुर विके, भरतपुर अस्पतालका मानसिक रोग विशेषज्ञ डाक्टर महेन्द्रराज न्यौपानेसहितको टोलीले घरमा गएर महिलको उद्धार गरेको हो । बुधबार नै काशीमायालाई भरतपुर अस्पतालको मानसिक रोक उपचार कक्षमा राखर उपचार सुरु गरिएको छ । बिरामी काशीमायालाई निको नभएसम्मको लागि निःशुल्क उपचार, खान, बस्नको लागि व्यवस्था गर्ने डाक्टर महेन्द्रराज न्यौपानले बताउनुभयो । २५ वर्षसम्म खोरमा थुनिएर बस्दा समेत उहाँको चेतान शक्ति सुधारउन्मुख रहेकाले उपचार गर्दा निको हुने डाक्टर न्यौपानले बताउनुभयो ।
१६ वर्षमा विवाह भएर १७ वर्षको उमेरबाट मानसिक समस्या देखिएपछि काशीमायालाई परिवारका सदस्यले बाख्रा बाध्ने खोरमा थुन्नेका थिए । केही वर्ष भारतका विभिन्न शहर, नेपालको पाटन अस्पतालमा उपचार हुँदा केही सुधार भएपनि नियमित औषधी खुवाउन नसक्दा समस्या भएको बुबा फयसिंह तामाङले बताउनुभयो । फयसिंहले जेठाछोरोमा पनि मानसिक समस्या देखिएपछि उपचार गर्न कठिन भएको जानकारी दिनुभयो । बिरामी काशीमाया र उहाका भाइलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ ।source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...