मेहेन्दी लगाइनुका प्रमुख कारणहरु थाहा पाउनुहोस्
Advertisement
विशेषगरी विवाहमा लगाइने मेहेन्दीलाई सगुनको रुपमा मानिन्छ । यो एउटा चलनचल्तीको रपमा विकसित भएको छ र यसको सांस्कृतिक महत्व पनि निकै गहिरो छ । विवाहको परम्पराको रुपमा विकसित भएको मेहेन्दी नेपाल, भारत, पाकिस्तान, बंगलादेशमा निकै लोकप्रिय छ । मुसलमानहरुबिच पनि मेहेन्दी लगाउने परम्परा बसेको छ । नेपालमा साउने संक्रान्ति र साउन एक महिनाभरि मेहेन्दी लगाउने चलन रहिआएको छ । एक महिनाभरि धेरैजसो महिलाले हातमा मेहन्दी र हरियो चुरा लगाएर चाडपर्वहरुलाई निम्तो दिने गर्दछन् । आखिर मेहेन्दी किन लगाइन्छ त ? थाहा पाऔँ यसको महत्वको बारेमा
१. मेहेन्दीको महत्वः मेहेन्दी विवाहको बन्धनको सगुन मानिन्छ । यसले दम्पत्ति र उनको परिवारबिच माया र स्नेह झल्काउने गर्दछ ।
२. विवाह गर्दा यी मान्यताका कारण लगाइन्छ मेहेन्दी: – दुलहीको हातको मेहेन्दीको गहिरो रंगले दम्पत्ति बिचको अटुट प्रेमलाई बयान गर्ने गर्दछ ।
– मेहेन्दीको गहिरो रङ दुलही र उनकी सासुबिचको प्रेमलाई झल्काउँछ ।
– जति दिनसम्म दुलहीको हातमा मेहेन्दीको रङ बस्छ, नव वरवधुका लागि यो त्यति नै शुभ मानिन्छ ।
– मेहेन्दीले प्रजनन क्षमताको प्रतिकात्मक प्रतिनिधित्वलाई पनि दर्शाउने बुझिन्छ ।
३. औषधीयुक्त गुणका लागि पनि मेहेन्दीलाई लिइन्छः यसको शीतलताले तनाव, टाउको दुखाई र ज्वरोबाट राहत प्रदान गर्ने मान्यता रहिआएको छ । नङलाई बढाउनका लागि पनि मेहेन्दी निकै प्रभावकारी बुटी मानिन्छ। source taja khabar
Advertisement