यस्तो थियो आजको भुकम्पको धक्का
Advertisement

काठमाडौं, आषाढ २ । महाभूकम्प गएको डेढ महिना पुग्न लागे पनि भूकम्पको पराकम्पन आउने क्रम भने रोकिएको छैन ।

बुधबार बिहान काठमाडौं र सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर चार वटा पराकम्पन गएका छन् ।
५ बजेर ५८ मिनेट जाँदा काठमाडौंलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ४ म्याग्नेच्यूटको पराकम्पन गएको छ भने त्यसको केहीबेरमै ६ बजेर १४ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ५ दशमलव २ म्याग्निच्यूटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

त्यसैगरी ६ बजेर २६ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएरै ४ म्याग्नेच्युटको पराकम्पन गएको छ भने ८ बजे सिन्धुपाल्चोकलाई नै केन्द्र बनाएर ५ दशमलव १ म्याग्च्यिूटको पराकम्पन गएको छ ।
बिहानै लगातार पराकम्पन गएपछि सर्वसाधारण त्रसित हुँदै घरबाहिरको खुला ठाउँमा निस्किएका थिए ।
यसअघि गएराति ९ बजेर ५६ मिनेट जाँदासमेत दोलखालाई केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्निच्यूटको पराकम्पन गएको थियो ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...