त्रिभुवन विमानस्थलमा प्लेनबाटै ४ युवती र ४ पुरुष पक्राउ
Advertisement
काठमाडौं, असार ०५ -त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट भारत जान लागेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेट एयरको उडानद्वारा भारतको नयाँदिल्ली जान लागेको अवस्थामा राहदानीसमेत भएका ४ महिला र नागरिकता मात्र भएका ४ पुरुष गरी ८ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा नुवाकोटकी २० वर्षीया रोशनी थापा, नुवाकोटकी १९ वर्षीया सपना तामाङ, सिन्धुपाल्चोककी ३४ वर्षीया सरिता तामाङ, तनहुँकी ३१ वर्षीया राधिका नेपाली, नुवाकोटका ४० वर्षीय अमर तामाङ, सिन्धुपाल्चोकका ३७ वर्षीय दमछोई दोर्जे लामा, नुवाकोटका ४२ वर्षीय पूर्णबहादुर लामा र तनहुँका २७ वर्षीय किशोर नेपाली रहेका छन् ।
राहदानीमा अध्यागमन कार्यालयको छापसमेत लगाएको अवस्थामा फेला पारिएपछि उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरोको समन्वयमा सक्कल कागजसहित प्रहरीले नियन्त्रणमा लिएर केन्द्रीय अनुसन्धान ब्युरोमा बुझाएको हो ।
यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ । रातो पाटी
Advertisement