कुभिण्डोमा आयुष्मान देखिएपछि पुजा गर्नेको भिड
Advertisement

मोरंगको कोशी हरौचा ९, सलकपुरका एक स्थानियको घरमा अचम्मको कुभीण्डो फलेपछि त्यसलाई भगवान सम्झेर पुँजा गर्नेहरुको भिड बढेको छ ।


स्थानिय किशोर रिजालको घरमा फलेको कुभिण्डोमा आयुष्मान लेखिएको भेटिएपछि स्थानियले त्यसलाई भगवान सम्झेर पुँजा गर्न थालेका हुन् ।


बुधबार बिहान मस्यौरा हाल्न टिपिएको कुभिण्डो पखाल्ने क्रममा कुभिण्डोको माथिल्लो भागमा निकै आकर्षक अक्षरमा आयुष्मान लेखिएको भेटिएपछि घरधनीहरु नै सुरुमा अचम्ममा परेका थिए । कुभिण्डो फलेको घरका घरधनी किशोर रिजालले कुभिण्डोको सेतो भागको भित्र पट्टिबाट अक्षर देखिएकाले कसैले लेखेको नहुने सक्ने भन्दै कुभिण्डोमा देखिएको अक्षरले अचम्ममा पारेको बताउनुभयो ।

अचम्मको कुभिण्डाको खबर फैलिएपछि स्थानियका साथै वरपरका बासिन्दाहरु समेत कुभिण्डो हर्न पुगेका छन् । आयुष्मान लेखिएको कुभिण्डो हेर्न अहिले निकै भिड लागेको छ ।

आयुष्मान लेखिएको कुभण्डो हेर्नेहरुले निकै आश्यर्चपूर्ण लागेको प्रतिक्रिया दिएका छन् भने भगवानले नै लेखेको भन्दै स्थानियले धुपबत्ति, अबिर फूल लगायतले पुँजा गर्न थालेका छन् । कुभिण्डो फलेको लहरा भने सुकिसकेको छ । लहरामा अरु पनि कुभिण्डो फलेको भएपनि आयुष्मान लेखिएको कुभिण्डो मात्र ठूलो भएको घरधनीले बताएका छन् ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...