टिभी तर वारपार देखिने। सामसुङले ल्यायो विश्कै पहिलो पारदर्शी टिभी
Advertisement

प्रविधिको विकास कहाँबाट कहाँ पुगिसक्यो हेर्नुहोस् त! पहिले पहिले ब्ल्याक एण्ड ह्वाइट टि.भी मा एउटा घुमाउने कुरा हुन्थ्यो, अनि तिरमिरे दृश्य पनि कस्तो लोभ लाग्ने गरि हेरिन्थ्यो।



तर अहिले सबैको हातहातमा स्मार्टफोन घर-घरमा एल्.सि.डि. ,एल्.इ.डि. टिभी हुन थाल्यो। अब सामसुङले प्रविधिलाई अझै क्रान्तिमय रूपमा प्रस्तुत गरिसकेको छ।


सामसुङले नयाँ जेनेरेसनको टिभीको आविष्कार गरेको छ। यो टिभीको खास कुरा के छ भन्दा यो सिसाजस्तै पारदर्शी छ, टिभी नखोल्दा ठ्याक्कै सिसा जस्तै वारपार हेर्न मिल्छ तर टिभी खोलेपछि यसमा उत्कृष्ट क्वालिटिको डिस्प्ले देखिन्छ। अझ यसलाई ऐनाको रूपमा पनि प्रयोग गर्न सकिने सामसुङ कम्पनीको दाबी रहेको छ। स्यामसुङ्गले यसलाई विश्वकै पहिलो ‘मिरर्ड ट्रान्सपारेन्ट ओ.एल.इ.डी डिस्प्ले’ (Mirrored Transparent OLED TV) पनि भनेको छ। अब छिट्टै नै यो टिभी बजारमा भित्रने कम्पनीले बताएको छ।

केहि महिना अगाडि एलजी कम्पनीले भित्तामै टाँस्न मिल्ने टिभी पनि निकालेको थियो। तर अहिले सामसुङले त्यो भन्दा पनि उत्कृष्ट टिभी भित्र्याएको छ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...