अन्तर्राष्ट्रिय सहयोग जुटाउन शेष घलेलाई विशेष दुत नियुक्त
Advertisement

काठमाडौं, जेष्ठ ३१ । सरकारले गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेलाई पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन प्रधानमन्त्रीको विशेष दूतको रुपमा नियुक्त गरेको छ ।


भूकम्पपछिको पुननिर्माणका लागि विदेशी संघ संस्था र समुदायसँग घलेले संयोजनकारी भूमिका निर्वाह गर्ने भन्दै दूतका रुपमा नियुक्त गरिएको हो ।
style="text-align: justify;">आइतबार बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । घलेले यसअघि नै भूकम्प पीडितहरुका निम्ती घर निर्माण गरिदिने घोषणा गरिसकेका छन् ।
बैठकले महालेखा परीक्षकमा राजेन्द्र नेपाल र नेपाल ट्रष्टको कायममुकायम प्रमुखमा केदारबहादुर अधिकारीलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषदको वैठकले पर्यटन मन्त्रीको नेतृत्वमा राष्ट्रिय पर्यटन वोर्ड गठन गर्ने निर्णय पनि गरेको छ ।source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...