‘रेखा थापासँग सल्किएको’ भनेर समाचार आएपछि प्रचण्ड पुत्र क्रुद्ध
Advertisement
एमाओवादीका अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालले आफूलाई रेखाथापासँग सल्किएको भनेर बदनाम गरिएको भन्दै क्रुद्ध प्रतिक्रिया दिएका छन् । उनले विभिन्न अनलाइन माध्यममा प्रकाश दाहाल रेखा थापासँग सल्किएको छ भन्दै समाचार आएको भन्दै त्यसको खण्डन गरेका हुन् ।
उनले विभिन्न मिडियामा आफूलाई रेखासँग सल्किएको भनेर बजार हल्ला चलेको आधारमा समाचार आएको भन्दै रेखा आफ्नो पार्टी एमाओवादीको सदस्य भएको र आफ्नो र रेखाबीच बहिनी र छोरी जस्तै पारिवारिक सम्बन्ध रहेको भनेका छन् ।
उनले आफ्नो बारेमा लेख्नेहरुलाई प्रमाण लिएर आउन समेत चुनौती दिएका छन् । उनले रेखा थापा हिजो पनि आफ्नी बहिनी रहेको र भोली पनि रहने समेत प्रष्ट पारेका छन् ।
स्रोत : नेपाली हेडलाइन्स
Advertisement